अदालतको अवहेलना मुद्दामा पूर्वसभामुख ढुङ्गानाले बुझाए लिखित जवाफ | Khabarhub Khabarhub

अदालतको अवहेलना मुद्दामा पूर्वसभामुख ढुङ्गानाले बुझाए लिखित जवाफ


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अदालतको अवहेलनासम्बन्धी मुद्दामा पूर्वसभामुख दमननाथ ढुङ्गानाले आफूले न्यायसम्पादनमा असर पर्ने गरी अभिव्यक्ति नदिएको बताए छन् ।

सर्वोच्च अदालतमा आज उपस्थित भएर उनले बुझाएको लिखित जवाफमा प्रतिनिधिसभा विघटनका विषयमा आफूले स्वतन्त्र अभिव्यक्ति दिएको तर अदालतको न्यायसम्पादनमा कुनै पनि दबाब र अवरोध नगरेको उल्लेख छ ।

“सम्मानित न्यायलय राष्ट्रको एकमात्र गैर राजनीतिक, तटस्थ तथा विवेकी सर्वोच्च संस्थाका हैसियतमा आफ्नो विशिष्ट मौलिक पक्ष वा चरित्रका बारेमा पनि सविश्वास खुला शब्दमा दह्रो किसिमले बोलोस् भन्ने यस किसिमको मनासिव उपेक्षा पनि सादर निवेदन गर्दछु ।”

अधिवक्ता राजाराम घिमिरेले प्रतिनिधिसभा विघटनसम्बन्धी विषयमा अदालतको विचारधीन मुद्दामा प्रभाव पार्नेगरी अभिव्यक्ति दिएको उल्लेख गर्दै अदालतको अवहेलनामा ढुङ्गानाविरुद्ध मुद्दा दायर गएका थिए ।

न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले गत माघ १५ गते सात दिनभित्र लिखित जवाफसहित आफैँ उपस्थित हुन आदेश जारी गरेको थियो । सो आदेशअनुसार पूर्वसभामुख ढुङ्गानाले सचेत नागरिकका रूपमा आफूले अभिव्यक्ति दिएको र त्यसले अदालतको अवहेलना नहुने हुँदा जवाफ दिँदै मुद्दा खारेज गर्न माग गरेका छन् ।

यसअघि उक्त विवादमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की स्वयम उपस्थित भएर लिखित जवाफ पेश गरिसकेका छन् । प्रतिनिधिसभा विघटनको विषयको विवाद अन्त्य भइसकेको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ८ : १४ बजे

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार