'बीबीसी मास्टर सेफ'का उपविजेता सन्तोष साहलाई विमानस्थलमा स्वागत | Khabarhub Khabarhub

‘बीबीसी मास्टर सेफ’का उपविजेता सन्तोष साहलाई विमानस्थलमा स्वागत


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ‘बीबीसी मास्टर सेफ प्रोफेसनल सिरिज-२०२०’का उपविजेता बनेका सन्तोष साहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ।

उक्त प्रतियोगितामा फस्ट रनर अप भएका सेफ साह बेलायतबाट बिहीबार काठमाडौँ आइपुगेका हुन् । विमानस्थल परिसरमा संक्षिप्त प्रतिक्रिया दिँदै उनले नेपालीका लागि विश्वको जुनसुकै ठाउँमा पनि मेहनत गर्न गाह्रो नहुने बताए ।

बीबीसी मास्टर सेफको उपविजेता हुनुमा उनले आफ्नो मेहनतकै फल भएको बताए । ‘मैले पाएको सफलताको पछि मेहनत नै हो’ उनले भने ।

सेफलाई विगतमा समाजले सम्मान दिन नसकेको परिप्रक्ष्यमा अब भने यो नामले परिचित हुँदा गर्व लाग्ने परिस्थिति बनेको उनको भनाइ थियो । कुकलाई छोरी चेली दिन हिच्किचाउँने समाजले सेफको इज्जत कति ठूलो रहेछ भनेर बुझ्ने अवस्था बनेको उल्लेख गर्दै ३५ वर्षीय अविवाहित साहले अब त आफूलाई छोरो चेली दिन्छन् होला भन्दै ठट्टा पनि गरे ।

उनले प्रतियोगिताभर नेपाली खानाको परिकार प्रस्तुत गरेर निर्णायकहरुलाई आकर्षित गर्न सफल भएका थिए । उनले बनाएको कोदोको खीर, नेपाली गुन्द्रुक, भट्टमासलगायतका खानेकुरा आकर्षण बनेका थिए ।

त्रिभुवन विमानस्थलमा नेपाल पर्यटन बोर्डलगायत विभिन्न संघसंस्थाले उनलाई पञ्चे बाजासहित स्वागत गरेका हुन् । दश वर्षदेखि बेलायतमा बस्दै आएका साह सिरहा जिल्लाको कारजन्हामा जन्मिएका हुन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ४ : ४२ बजे

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

धरान– इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा