फ्यानमाझ कलाकारको यस्तो रिस | Khabarhub Khabarhub

फ्यानमाझ कलाकारको यस्तो रिस


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– कलाकारहरु प्रायः फ्यानमाझ धेरै घेरिन्छन् । उनीहरु जहाँ पुगे पनि फ्यानले पछ्याउन छोड्दैनन् । तर कहिलेकाँही फ्यानकै व्यवहारका कारण कलाकारहरु अनौठो व्यवहार देखाउछन् । कतिपय अवस्थामा फ्यानलाई कलाकारले हात पनि उठाउन पछि पर्दैनन् ।

बलिउडमा यस्ता केही कलाकार छन्, जसले फ्यानलाई यस्तै किसिमको व्यवहार गरेका छन् । आफ्ना फिल्मबाट दर्शकलाई हसाउन पोख्त अभिनेता गोविन्दाले एक फ्यानलाई थप्पड नै हानेका छन् ।

दैनिक भास्करका अनुसार सन् २००८ मा फिल्म ‘मनी है तो हनी है’को सुटिङको समयमा गोविन्दालाई हेर्न चाहने फ्यानको दर्शक बढेको थियो । त्यो समयमा एक फ्यान गोविन्दामाथि यति धेरै हावी हुन लागेको थियो कि त्यसको रिसमा गोविन्दाले फ्यानलाई थप्पड नै हिर्काउनु परेको थियो । यो घटनापछि ती फ्यानले गोविन्दाविरुद्ध उजुरी गरेपछि गोविन्दाले ५ लाख रुपैंयाँ दिएका थिए ।

अभिनेता जोन अब्राहमको पहिलो फिल्मबाट नै लाखौं युवतीहरु प्रभावित भएका थिए । तर एकपटक भने यी अभिनेता महिला फ्यानलाई धकेल्नु नै पर्यो । एक कार्यक्रममा आफ्नो अगाडि अभिनेता जोनलाई देखेपछि ती महिला फ्यानलाई विश्वास लागेन । त्यसपछि उनले जोनको हात नै टोकिन् । हातको दुखाई सहन नसकेपछि जोनले ती महिलालाई धकेलेका थिए ।

अभिनेत्री प्रियंका कार्कीलाई पनि एक फ्यान कार्यक्रममा यति हैरान बनाए कि उनले ती फ्यानलाई थप्पड नै मार्नु पर्यो । गायक मिका सिंहले सार्वजनिक एक कन्सर्टको स्टेजमा डाक्टरलाई थप्पड मारेका थिए । मिकाले ती डाक्टरले युवतीहरुमाझ लगातार दुव्र्यवहार गरेपछि आफूले हात छोडेको बताएका थिए ।

अभिनेता अक्षय कुमारले फिल्म ‘गब्बर इज ब्याक’को सेटमा एक फ्यानलाई थप्पड नै लगाए । सुटिङ सेटमा रहेका सुरक्षा गार्डले पटक पटक ती फ्यानलाई तस्वीर नलिन आग्रह गर्दा उनले नसुनेपछि अक्षयले थप्पड मारेका थिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  १२ : १५ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न