नयाँ सरकार गठनको दौडधुप शुरू, दाहाल-नेपाल समूहसँग जसपा नेताको छलफल | Khabarhub Khabarhub

नयाँ सरकार गठनको दौडधुप शुरू, दाहाल-नेपाल समूहसँग जसपा नेताको छलफल


१३ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला गरेसँगै नयाँ सरकार गठनको दौडधूप शुरू भएको छ ।

संसद् बैठक बस्ने समयसीमा तोकिएसँगै नयाँ सरकार गठनका लागि राजनीतिक दलबीच दौडधूप शुरु भएको हो ।

नयाँ सरकार गठनका लागि नेपाल कम्युनिस्ट पार्टीका प्रचण्ड–नेपाल समूहले परामर्श अगाडि बढाएको छ । संसद् पुनःस्थापना भएको विजयी उत्सव मनाउँदै नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीको खोजी गर्न गृहकार्य अगाडि बढाएको छ ।

हिजो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेको नेकपा प्रचण्ड–नेपाल समूहले आज जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गरेको छ ।

छलफलका लागि जसपा नेताहरू पेरिसडाँडा पुगेका थिए । जसपा नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ पेरिसडाँडा पुगेका थिए । प्रचण्ड नेपाल समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल भेटवार्तामा सहभागी भएका थिए ।

भेटवार्ता सकेर फर्किएका जसपा नेता राजेन्द्र महतोले प्रचण्ड नेपाल समूहका नेताहरुले आफुहरुलाई साथ दिन आग्रह गरेको जानकारी दिए ।  नेकपाको प्रस्तावमाथि दलभित्र छलफल गरेर अघि बढ्ने आफूहरुले बताएको उनले जानकारी दिए ।

अब बन्ने सरकारले संविधान संशोधन, आन्दोलनका क्रममा थुनामा रहेका नेताको रिहाइ लगायतका बिषयमा सम्बोधन गर्नुपर्ने माग राखेको उनले बताए ।

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ ।

एउटा समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड र माधवकुमार नेपालले गरेका छन् ।नेकपाको आधिकारिकताको विवाद निर्वाचन आयोगमा विचाराधीन छ ।

पार्टी दुई समूहमा विभाजित भए पनि औपचारिकरुपमा नेकपा विभाजित भएको छैन । हाल नेकपा ओली समूहमा ७८ जना सांसद रहेका छन् । त्यसै गरी प्रचण्ड–नेपाल समूहमा ९६ जना सांसद रहेका छन् ।

नेकपाका हाल १ सय ७४ जना सांसद रहेका छन् । त्यसै गरी नेपाली कांग्रेसका ६३ जना सांसद रहेका छन् ।

त्यसैगरी संसद्मा रहेका राजनीतिक दलका सांसदहरुको समेत जोडघटाउ शुरु भएको छ ।

प्रतिनिधिसभामा २ सय ७५ जना सांसद रहे पनि हाल कुल २ सय ६९ मात्र सांसद रहेका छन् । नेपाल कम्युनिस्ट पार्टीको १ सय ७२, नेपाली कांग्रेसको ६१, जनता समाजवादी पार्टीको ३२, राष्ट्रिय प्रजातन्त्र पार्टीको १, राष्ट्रिय जनमोर्चाको १, नेपाल मजदुर किसान पार्टीको १ र स्वतन्त्र १ गरी २ सय ६९ जना सांसद छन् ।

नेकपा दुई समूहमा विभाजित भएसँगै प्रचण्ड–नेपाल समूहमा ९१, ओली समूह ८१, वामदेव समूह १ रहेका छन् । नयाँ सरकार गठनमा प्रचण्ड–नेपाल समूह ९१ र कांग्रेसको ६१ जना हुँदा १ सय ५२ जना पुग्छ, जुन संख्या सरकार गठन गर्न पर्याप्त हो ।

नयाँ सरकार गठन गर्नका लागि हाल रहेका सांसदमध्ये १ सय ३५ जना सांसद पुर्‍याउनेले बहुमतको सरकार बनाउन सक्नेछ । त्यसै गरी ओली समूह ८१ र कांग्रेस ६१ जना मिल्दा पनि नयाँ सरकार गठन हुने सम्भावना छ ।

नेकपाका दुवै समूहले नयाँ सरकार गठन गर्न नेपाली कांग्रेस नै निर्णायक देखिएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ११ : ०८ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६