कतारमा आप्रवासी श्रमिकले तीन पटकसम्म कम्पनी परिवर्तन गर्न पाउने | Khabarhub Khabarhub

कतारमा आप्रवासी श्रमिकले तीन पटकसम्म कम्पनी परिवर्तन गर्न पाउने



दोहा- कतारको सुरा काउन्सीलले कुनै पनि आप्रवासी श्रमिकले निश्चित प्रक्रिया पूरा गरेर तीनपटक सम्म रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्था गर्न सिफारिस गरेको छ ।

भर्चुल माध्यम मार्फत काउन्सिलका अध्यक्ष अहमद बिन अब्दुल्ला बिन जैद अल महमूदको अध्यक्षतामा सम्पन्न बैठकले काउन्सिलले तोकेका निश्चित प्रक्रिया पूरा गरेपछि तीन पटकसम्म आप्रवासी श्रमिकले रोजगारता कम्पनी परिवर्तन पाउने नियम ल्याएको जनाएको छ ।

बैठकले कुनै पनि कम्पनीमा कार्यरत कुल श्रमिक मध्ये बर्षमा बढीमा १५ प्रतिशतले मात्र रोजगारदाताको स्वीकृति विना नै रोजगारदाता परिवर्तन गर्न पाउने व्यवस्था गर्न पनि सिफारिस गरेको काउन्सिललाई उद्धृत गर्दै पेनन्सुला अनलाइनले जनाएको छ ।

बैठकले सरकारी तथा अर्धसरकारी निकायद्दारा सञ्चालित काममा श्रमिक भर्ना गर्दा उनीहरुले रोजगारदाताको सहमति विना रोजगारदाता परिवर्तन गर्न नपाउने व्यवस्था सिफारिस गरेको जनाएको छ ।

रोजगारदाता परिवर्तन गर्न नपाउने समयावधि श्रमिक र रोजगारदाताले करारपत्रमा हस्ताक्षर गरेको दुई वर्षभन्दा बढी हुन नहुने व्यवस्था गर्न पनि सुझाव दिएको छ ।

कतार छोडेर जान लागेको अवस्थामा कुनै पनि श्रमिकले रोजगारदातालाई तीन दिन अगावै सन्देश पठाउने व्यवस्था गर्नसमेत काउन्सिलले कतारको आन्तरिक मन्त्रालयलाई आग्रह गरेको छ ।

नयाँ पारिश्रमिक मार्चदेखि

कतारको नयाँ श्रम नियम अनुसार अब घरेलु कामदार तथा अन्य श्रमिकको न्यूनतम पारिश्रमिक १ हजार कतारी रियाल हुनेछ ।

जसअनुसार तलब १ हजार, खानाको लागि ३ सय गरेर १३ सय कतारी रियाल हुनेछ ।

यदि कम्पनीले बस्ने आवासको व्यबस्था नगरेको खण्डमा आवासका लागि छुट्टै ५ सय कतारी रियाल दिनुपर्ने व्यवस्था गरिएको छ । समग्रमा न्युनतम १ हजार ८ सय कतारी रियाल पाउने गरी नयाँ कानुन मार्च महिनादेखि लागू हुनेछ ।

साथै कम्पनी परिवर्तन गर्न चाहेमा आवश्यक प्रक्रिया पुरा गरेर सहजै (एनओसी लेटर) बिनानै आफूलाई मन लागेको कम्पनीमा जान सकिने छ । योसंगै कतारमा मार्चदेखि सामान्य काम गर्ने लेवरले कम्पनीले खान बस्न दिएको खण्डमा ८ घण्टाको १ हजार कतारी रियाल पाउनेछ ।

कतारमा विभिन्न पेशामा गरि ३ लाख १२ हजार ६५० नेपाली कार्यरत रहेका छन् । ती मध्ये ११ हजार ९० जना महिला कामदारहरु कार्यरत रहेको यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार  ९ : ३५ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न