पुरुष निर्देशकसँग किन डराइन् नाइटली ? | Khabarhub Khabarhub

पुरुष निर्देशकसँग किन डराइन् नाइटली ?


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– हलिउड अभिनेत्री केइरा नाइटलीले पुरुष निर्देशको कुनै पनि फिल्ममा अन्तरंग दृश्य नगर्ने घोषणा गरेकी छन् ।

पुरुष निर्देशकको फिल्ममा अन्तरंग दृश्य दिँदा आफूलाई असहज महशुस भएका कारण यो निर्णय लिनु परेको उनको भनाइ छ ।

च्यानल कनेक्ट पोडकास्टमा ३५ वर्षीया अभिनेत्रीले आफ्ना दुई छोरीको जन्मपछि फिल्म सेटमा आफ्नो शरीरलाई एक्सपोज गर्दा असहज महशुस हुने गरेको खुलाइन् ।

‘म त्यस्तो भयानक सेक्स दृश्य गर्न चाहन्नँ, जसमा तपाईंलाई अप्ठ्यारो महशुस होस् र सबैले तपाईंलाई घुरेर हेरेका हुन् । मलाई यस्तो काम गर्न कुनै रुची छैन’, ओस्कारका लागि मनोनित यी अभिनेत्रीले भनिन्, ‘म लाचार छु । यो शरीरबाट दुई सन्तान भइसकेको छ । म मानिसको समूहको अगाडि नांगै उभिन चाहन्नँ ।’

उनले संगीतकार जेम्स राइटनसँग विवाह गरेकी थिइन् । उनीहरुको पाँच वर्ष र १६ महिनाका दुई छोरी छन् ।
हलिउडका धेरै स्टुडियोहरुले सेक्स दृश्यका लागि मानिसहरु भाडामा प्रयोग गर्ने गरेका छन् । कलाकारलाई सहज महशुस गराउन र सुटिङमा उनीहरुप्रति अरुले सम्मान गरुन भन्नका लागि स्टुडियोले यो नीति लिएको हो ।

नाइटलीले महिलाको जीवन अनुभवलाई लक्षित गरेर कोही महिला निर्देशकले फिल्म बनाए आफू काम गर्न तयार रहेको खुलाइन् । ‘मैले मातृत्व र शरीरको यात्रा विषयमा कथा तयार पारेको भए, त्यो काम महिला निर्देशक वा निर्मातालाई दिन्थें’, उनले भनेकी छन् ।

नाइटलीले ‘बेण्ड इट लाइक बेकह्याम’, ‘एटोनमेन्ट’ र ‘पाइरेटस् अफ द क्यारिबेन’ जस्ता फिल्ममा अभिनय गरेकी छन् । उनले गत वर्ष सन् १९७० मा लण्डनमा भएको महिला स्वतन्त्रताको आन्दोलनमा आधारित कमेडी ड्रामा ‘मिसबिहेभियर’मा अभिनय गरेकी थिइन् ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ६ : ५५ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन