‘यो नानीको मिर्मिरे आँखा’का सर्जक धनबहादुरको निधन | Khabarhub Khabarhub

‘यो नानीको मिर्मिरे आँखा’का सर्जक धनबहादुरको निधन


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक तथा शब्द संकलन धनबहादुर गायकको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका गायकको पोखराको मणिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा बिहान निधन भएको हो ।

सारंगी संरक्षणका अभियन्तासमेत रहेका गायकलाई छाती र फोक्सोमा समस्या देखिएपछि अस्पताल भर्ना गरी आइसीयूमा राखेर उपचार गरिएको थियो ।

पोखराकै बाटुलेचौर निवासी उनी चर्चित गीत ‘यो दाजुको मिर्मिरे आँखा’ र ‘बेली र चमेली’ लगायतका गीतका सर्जक हुन् ।

उनकै सक्रियतामा २०६६ सालमा पोखरामा झलकमान गन्धर्व सारंगी पाठशाला स्थापना गरिएको थियो ।

जहाँ बालबालिकालाई निःशुल्करूपमा सारंगी र मादललगायत वाद्यवादन सामग्री बजाउन सिकाइन्छ । यो पाठशालामा हाल उनका छोरा दिलीप गायकले संगीत सिकाइरहेका छन् ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  १ : १७ बजे

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति

सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज