पश्चिमी वायुको प्रभावले आज पनि देशभर आंशिक बदली हुने | Khabarhub Khabarhub

पश्चिमी वायुको प्रभावले आज पनि देशभर आंशिक बदली हुने


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको हुँदा केही पहाडी भू-भागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशका प्रदेश न. १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न. १ को उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ १२ गते (सोमबार)

दिउँसो : देशका प्रदेश न. १,गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश न. १ को उच्च पहाडी तथा हिमाली भूभागका एक /दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति : प्रदेश न. १ र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न. १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक /दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

माघ १३ गते (मंगलबार)

दिउँसो : देशका प्रदेश न. १ र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रहि उच्च पहाडी तथा हिमाली भु-भागका १-२ स्थानहरुमा हल्का हिमापाको संभावना रहेको छ भने बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राति : लुम्बिनि प्रदेशको भू-भाग अनि प्रदेश न. १ र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ १४ गते (बुधबार)

दिउँसो : प्रदेश न. १ मा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश न. १ को उच्च पहाडी तथा हिमाली भू-भागका १-२ स्थानमा हल्का हिमापाको संभावना रहेको छ।

राति : लुम्बिनि प्रदेशको भू-भाग अनि प्रदेश न. १ र गण्डकी प्रदेशको पहाडी भू-भागहरूमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ७ : ०१ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही