स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित, तेस्रो स्थानमा उक्लियो | Khabarhub Khabarhub

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित, तेस्रो स्थानमा उक्लियो


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत गएरातिको खेलमा बार्सिलोना विजयी भएको छ । बार्सिलोनाले एल्चेलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा फ्रेन्की डी जोंग र रिक्वी पुइगले एक एक गोल गरेका थिए ।

रातो कार्ड पाएका कारण सस्पेन्डमा रहेका लियोनेल मेसी भने यस खेलमा उपलब्ध थिएनन् ।

यो जितपछि बार्सिलोना ला लिगामा तेस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाको १९ खेलमा ३७ अंक भएको छ । शिर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडको १८ खेलमा ४७ अंक रहेको छ ।

त्यस्तै एल्चेको भने १८ खेलमा १७ अंक रहेको छ र लिगमा १९औ स्थानमा रहेको छ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ६ : ४२ बजे

सुप्रिम सहकारी ठगी प्रकरण दिपेश पुनसँग ४ लाख धरौटी माग

काठमाडौं– बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले पूर्वउपराष्ट्रपति

दाङमा आगलागीबाट एक जनाको मृत्यु

दाङ– दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु

नेपाल सेमिफाइनलबाट बाहिरियो, एशिया कपमा छनौट हुन असफल

काठमाडौँ– नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ ।

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

पोखरा– नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय

दयाहाङको सफलतामा लुकेको रहस्य

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं