मैदा स्वास्थ्यकालागी किन हानिकारक ? | Khabarhub Khabarhub

मैदा स्वास्थ्यकालागी किन हानिकारक ?


१२ माघ २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रायः होटलमा पाइने परीकार मम, चाउमिन, चाउचाउ, विस्कुट, ब्रेड, रोटी सबै मैदाजन्य हुन् । मैदाको प्रयोग घरको भान्सामा समेत हुने गरेको छ । तर स्वादिलो मैदा स्वस्थ्यका लागि भने हानिकारक हुन्छ ।

आटाकै कच्चा पदार्थ गहुँबाट बन्ने मैदा बन्दा यसमा रहेको पोषक तत्व पूर्णत नष्ट हुन्छ । मैदा बनाउन गहुँलाई राम्ररी धोइन्छ र यसको बोक्रा पूर्ण रुपले हटाइन्छ । त्यसपछि मैदालाई सेतो एवम् सफा देखाउन बेन्जोइल पेरोअक्साइड नामक रसायन हालिन्छ र यसलाई मसिनो गरी पिसिन्छ । जसका कारण गहुँमा रहेको फाइबर नष्ट हुन्छ र मैदा हानिकारक बन्दछ । स्वास्थ्यकालागी बेन्जोइल पेरोअक्साइड नामक रसायन अस्वस्थ्यकर मानिन्छ । यसले क्यान्सरसम्मको जोखिम निम्त्याउँन सक्छ ।

यसरी पूर्णत फाइबर नभएको मैदा वा मैदाजन्य पदार्थ सेवन गरेमा हाम्रो पाचन यन्त्रलाई पचाउन गाह्रो हुन्छ । राम्ररी नपच्ने भएकाले मैदाको कतिपय अंश आन्द्रामा टाँसिन्छ र यसैले कतिपय रोग निम्त्याउँछ ।

यस्ता छन् मैदा सेवनबाट हुने हानी
१. प्रतिरोधात्मक क्षमता घट्छ
मैदाजन्य परिकारको सेवनले शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुन्छ । यस्तोमा बिभिन्न रोगले गाँज्ने गर्दछ । मैदाजन्य पदार्थ सेवनले पटक पटक बिमारी हुने खतरा रहन्छ ।

२. मुटु र जोर्नीको समस्या
मैदाजन्य खानेकुराले ब्लड सुगर स्तर बढ्द र रगतमा ग्लुकोज जम्न थाल्दछ । फलस्वरुप शरीरमा रसायनिक प्रतिक्रिया हुन्छ र मुटुको समस्या वा जोर्नीको समस्या आउन सक्छ ।

३. पेटमा असर
मैदा वा मैदाबाट बनेको परिकार पेटकालागि प्रतिकुल हुन्छ । फाइबर नहुने भएकाले मैदामा पेटकालागि हानिकारक हुन्छ । यसले कब्जियत लगायतको समस्या आउन सक्छ ।

४. मोटोपन
नियमित मैदाजन्य पदार्थ खाने व्यक्तिको मोटोपन बढ्दछ । साथै यसको अधिक सेवनले शरीरमा कोलोस्ट्रोलको स्तर बढ्दछ ।

५. फुड एलर्जी
मैदा मुलायम र लचिलो हुनुको कारण यसमा ग्लूटन बढी हुनु नै हो । यसले फूड एलर्जी पैदा गर्छ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  ९ : ४७ बजे

एमालेको प्रतिनिधि परिषद् बैठकमा २ हजार ४५४ जना सहभागी हुने

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा २ हजार

निलम्बित सचिव मधु मरासिनीले सफाइ पाए, सुनील पौडेल दोषी ठहर

मधु मरासिनी काठमाडौं- निलम्बनमा परेका नेपाल सरकारका सचिव मधु मरासिनीलाई

३३ प्रतिशत सकियो फास्ट ट्रयाकको काम

काठमाडौं– तराईमधेश फास्ट ट्रयाकको हालसम्मको भौतिक प्रगति जम्मा ३३.२ प्रतिशत

काठमाडौंमा ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’ आयोजना हुने

काठमाडौं– समृद्धिका लागि हरित ऊर्जा भन्ने मूल नारासाथ बैशाख १२

चार लाख धरौटी जम्मा गर्न नसकेपछि दीपेश पुन जेल चलान

बुटवल– सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल