तालिबानले काबुल नियन्त्रण लिएको सय दिनमा २५७ सञ्चारमाध्यम बन्द | Khabarhub Khabarhub

तालिबानले काबुल नियन्त्रण लिएको सय दिनमा २५७ सञ्चारमाध्यम बन्द


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- तालिबानले अफगानिस्तानको राजधानी काबुललाई नियन्त्रण गरेको १०० दिनमा २५७ सञ्चारमाध्यम बन्द भएका छन् ।

अफगानिस्तानमा सञ्चारमाध्यमको गतिविधि अनुगमन गर्न बनेको नवगठित संस्था नेहाद रसाना–ए–अफगानिस्तान (एनएआई) ले बुधबार यस्तो रिपोर्ट सार्वजनिक गरेको हो ।

अगस्टमा तालिबानले काबुल कब्जा गरेपछि सञ्चारमाध्यममा प्रतिबन्धका कारण कम्तीमा २५७ मिडिया आउटलेटहरू बन्द भएका उक्त संस्थाले जनाएको छ । साथै अन्य सञ्चारमाध्यमले पनि अभिव्यक्ति स्वतन्त्रताका लागि काम गर्न नसकिरहेको बताइएको छ ।

टोलो न्युजका अनुसार सञ्चारमाध्यम बन्द गर्दा मुद्रण, रेडियो र टिभी स्टेसनहरूमा काम गर्ने ७० प्रतिशतभन्दा बढी सञ्चार कर्मीहरूले रोजगारी गुमाएका छन् । उनीहरूमध्ये धेरै विदेश पलायन भएका उल्लेख गरिएको छ ।

अफगानिस्तानले सञ्चार माध्यमको सञ्चालनका लागि दुई सिद्धान्तहरूको सूची जारी गरेको छ । जसले देशमा सञ्चारमाध्यमको गतिविधिप्रति प्रतिबन्ध लगाएकोमा तालिवान नेतृत्वको सरकारप्रति सञ्चारमाध्यम तथा त्यहाँ कार्यरत पत्रकार तथा कर्मचारीले चासो व्यक्त गरेका छन् ।

टोलो न्युजले एक जना पत्रकारको भनाइ उद्धृत गर्दै लेखेको छ, “उनीहरूले (इस्लामिक इमिरेट) संवाददाताका लागि काम गर्ने भनेका थिए, तर हामी यसबाट सकारात्मक परिणाम आउने देख्दैनौं ।”

वरिष्ठ सञ्चारकर्मी अब्दुरकिब फयाजले भने,“हालै सूचनाको पहुँच सीमित भएको छ जसले गर्दा संवाददाताहरूलाई समस्या उत्पन्न भएका छन् । सञ्चारमाध्यमलाई नियन्त्रण गर्न विभागीय मन्त्रालयले ल्याएको पछिल्लो नीतिले सञ्चारमाध्यमका गतिविधिमा प्रतिबन्धको चिन्ता बढाएको छ ।”

तालिबान शासनको यी १०० दिनहरूमा अज्ञात सशस्त्र मानिसहरूको आक्रमण, विस्फोट, आत्महत्या र ट्राफिक घटनालगायत विभिन्न घटनाहरूमा छ जना संवाददाताले ज्यान गुमाएका अफगान सञ्चार माध्यमले अध्ययन प्रतिवेदनलाई उल्लेख गदै लेखेका छन् ।

पत्रकार जन अका हकीमीले सञ्चारमाध्यममा तालिवान नेतृत्वको कारण आएको समस्याबारे भन्नुभयो, ‘अफगानिस्तानमा पछिल्ला केही महिना यता सञ्चारमाध्यमले आर्थिक समस्या झेलिरहेका छन् । धेरै सञ्चारकर्मीले आफ्नो रोजिरोटी गुमाएका छन् ।’

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ९ : २५ बजे

वैदेशिक रोजगारमा जानेलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न आग्रह

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको

नियम विपरीत राखिएका व्यक्तिगत सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले नियम विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई

पोखरा विमानस्थल निर्माणमा गडबडी – अनुसन्धानमा विष्णु पौडेलदेखि लोकेन्द्र विष्टसम्म तानिन सक्ने

काठमाडौं – हालसम्मकै ठूलो भ्रष्टाचार भएको भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक

मनहरी । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा छ

योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक