'धार्मिक अतिवाद र आतंकवाद' बाट मुलुकलाई जोगाउन सरोकारवालालाई सुझाव | Khabarhub Khabarhub

‘धार्मिक अतिवाद र आतंकवाद’ बाट मुलुकलाई जोगाउन सरोकारवालालाई सुझाव


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- मुलुकलाई धार्मिक अतिवाद र आतंकवादबाट जोगाउन सरोकारवालाहरुले आग्रह गरेका छन् । उनीहरुले यी दुवै क्रियाकलापले नेपालको राष्ट्रिय सुरक्षामा चुनौती थपिन सक्ने चेतावनी पनि दिएका छन् ।

‘राष्ट्रिय एकता अभियान’ पर्साले वीरगञ्जमा आयोजना गरेको ‘नेपालको राष्ट्रिय सुरक्षा र २६/११ मुम्बई हमला’ विषयक अन्तरक्रियाका वक्ताहरुले धार्मिक अतिवादी संगठन र वाह्य आतंकवादी संगठनहरुबाट भारतमा विभिन्न आपराधिक घटना भएकाले छिमेकी मुलुक नेपाल पनि त्यसबाट जोगिनु पर्ने बताएका हुन् ।

कार्यक्रममा पत्रकार अनिल तिवारीले नेपालको राष्ट्रिय सुरक्षा र २६/११ मुम्बई हमलाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यपत्रमा नेपालमा कुनै पनि देशको नागरिक सहजै आउन सक्ने, खुला सिमाना र कमजोर सुरक्षा व्यवस्थाका कारण बेला बेलामा देखिएको घुसपैठ हुने गरेको, पाकिस्तानले नेपाली भूमी, नाकामार्फत भारतविरोधी कार्य गर्न नेपालका विभिन्न धार्मिक तथा आपराधिक संगठन प्रयोग गरिरहेको, आतंकवादलाई अन्तर्राष्ट्रिय सञ्जालमा मलजल पुर्‍याउने हुण्डी कारोबार, हतियार ओसार पसार, भारतीय जालीनोटको कारोबार, सुन तस्करी, लागुपर्दाथ ओसारपसार एवं मानव तस्करीलगायतको अवैध कारोबार बढेको, म्यानमारको रोहिंग्या, बङ्गलादेश, अफगानिस्तानलगायतका आतंकवाद प्रभावित मुलुकबाट अनाधिकृत रूपमा शरणार्थी वा अन्य आवरणमा नेपालमा प्रवेश गरेको उल्लेख छ ।

यस्तै धार्मिक अतिवाद वढावाका लागि अप्रत्यासित रुपमा बढिरहेका वैदेशिक लगानीमा सञ्चालित सामाजिक संस्थाहरु बढेको, फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालबाट नेपाली युवालाई दिग्भ्रमित गर्ने काम योजनागत रुपमा सञ्चालन भइरहेको, लभ जेहाद र नवीनतम प्रविधि, साइबर अपराध, विश्वव्यापीकरण आदि विषयहरू समेत आउदो दशकमा नेपालका लागि प्रमुख सुरक्षा चुनौती बनेको कार्यपत्रमा उल्लेख छ ।

सबैभन्दा ठूलो चुनौती हिन्दु युवाहरुलाई धर्म परिवर्तन गराएर धार्मिक अतिवादमा लगाउनु रहेको समेत उक्त कार्यपत्रमा दावी गरिएको छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले समाजमा आएर सेल्टर लिएर आतंकवादी गतिविधि सञ्चालन भइरहेकोमा सम्बन्धित निकायलाई सचेत हुन आग्रह गरे ।

नेपाल ब्राह्मण समाजका अध्यक्ष हरि नारायण मिश्रले मुम्बई घटना भारतका लागि मात्रै नभएर विश्व समुदायका लागि चेतावनी भएको बताए । गाँजालाई मान्यता दिँदा आतंकवादलाई प्रसय मिल्ने दावी उनको छ ।

त्यसैगरी संघीय समाजवादी पार्टीका जिल्ला अध्यक्ष रामनरेश यादवले आवाज जावत सहज भएकोले जुनसुकै समयमा अप्रत्यासित घटना हुन सक्ने बताए । कुनै वर्ग समुदायलाई दोष दिनुको साटो भाइचारा, धार्मिक सहिष्णुता किन खलबल आइरहेको छ अध्ययन गर्नुपर्नेमा उनले जोड दिए ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका पर्सा जिल्ला अध्यक्ष बालगोपाल थापाले आतंकवादीको कुनै जाति, धर्म र राष्ट्र नहुने बताए । उनले आतंकवादले राष्ट्रलाई तहसनहस पार्ने भएकोले कसैले पनि त्यसलाई प्रसय दिन नहुनेमा जोड दिए ।

‘हामी त्यसमा संलग्न हुँदैनौं, तर हामीलाई मुछेर दोष दिने गरिन्छ । पाकिस्तानी आतंकवादी, हुण्डी, जाली नोटको कारोबारीलाई संरक्षण गरेको आरोप लाग्ने गरेको छ’, उनले भने, ‘हामी त्यसमा संलग्न छैनौं, कोहि संलग्न छन भने उनीहरुलाई कानुनी कारबाहीमा ल्याउनुपर्छ ।’

सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले एक अर्कालाई सम्मानजनक हिसाबले व्यवहार गर्नुपर्नेमा जोड दिए । उनले शंकास्पद गतिविधि भइरहेको जानकारी प्रहरी प्रशासनलाई गराउन आग्रह गरे ।

नोभेम्बर २६, २००८ मा मुम्बईमा आतंकवादी हमला भएको थियो । पाकिस्तानबाट डुंगामा आएका १० जना लस्कर ए तइबा समूहसँग आबद्ध आतंकवादीले रेलवे स्टेशन, होटल, सामाजिक संस्था, सिनेमा हल, अस्पताल र रेस्टुरेन्टमा हमला गरेका थिए । जसमा १ सय ६४ जनाको मृत्यु भएको थियो । ९ जना आतंकवादी मारिएका थिए भने अजमल कसाब समातिएका थिए । पछि उनलाई फाँसी दिइएको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ७ : ५४ बजे

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए