समाज रूपान्तरणको आधार सहकारी : उपराष्ट्रपति पुन | Khabarhub Khabarhub

समाज रूपान्तरणको आधार सहकारी : उपराष्ट्रपति पुन


८ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक समाज रूपान्तरणको मुख्य आधार सहकारी रहेको बताएका छन् ।

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घको आयोजनामा भएको चौथो ललितपुर साकोस समिटका अवसरमा उपराष्ट्रपति पुनले आत्मनिर्भर अर्थतन्त्रका लागि सहकारी पहिलो माध्यम रहेको बताएका हुन् ।

उपराष्ट्रपति पुनले सहकारीमार्फत अधिकतम पूँजी प्रयोग गरी आर्थिक विकासमा जोड दिन आवश्यक रहको बताए । पछिल्लो समय सहकारीमा विकृति, विसङ्गति भित्रिएको भन्दै निराकरणका लागि राज्य चनाखो हुनुपर्ने पनि उनले जोड दिए ।

‘सहकारीलाई जिम्मेवार बनाउन सङ्घको भूमिका प्रभावकारी हुनुपर्छ’, उनले भने, ‘सहकारीमा विकृति रोक्न नियमन तथा अनुगमनको आवश्यक छ ।’

कार्यक्रममा जलस्रोत तथा सिँचाइमन्त्री फम्फा भुसालले सहकारी समाजवादको आधार भएको बताए । सहकारी क्षेत्रले निक्षेप पनि बढी लिएर कर्जा पनि बढी लिएको भन्दै मन्त्री भुसालले अब उत्पादन र उद्यमशीलता बढाउन निक्षेप तथा कर्जा दुवैमा ब्याज घटाउन आवश्यक भएको उनको सुझाव थियो ।

कृषिमा ६८ प्रतिशत जनता आश्रित भए पनि बर्सेनि दुई खर्बभन्दा बढी कृषिजन्य वस्तु आयात हुनु दुःखद् भएको मन्त्री भुसालको भनाइ थियो ।

सोही क्रममा सहकारी विभागका रजिष्ट्रार झलकराम अधिकारीले अनुगमन प्रभावकारी बनाउन लागिपरेको बताए । राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलले तीन खम्बे अर्थनीतिमा सहकारीलाई अब्बल बनाउन आवश्यक भएकोमा जोड दिए ।

हाल ३० हजार सहकारीमध्ये १४ हजार सहकारी बचत तथा ऋणको रहेको उनले जानकारी दिए । ठूलो हिस्सा बचतमै भएकाले अब उत्पादनमा जोड दिने गरी सहकारीले लगानी गर्नुपर्ने अध्यक्ष कँडेलको भनाइ थियो ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ७ : ३५ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका