ड्राइभर भनेर साउदी पुगेका नेपाली युवा भेडा चराउन परेपछि... | Khabarhub Khabarhub

ड्राइभर भनेर साउदी पुगेका नेपाली युवा भेडा चराउन परेपछि…



दोहा : वैदेशिक रोजगारीको सिलसिला साउदी अरब पुगेका एक नेपाली युवा बिचल्लीमा परेका छन् ।

काठमाडौँको ठमेलस्थित एक मेनपावरमार्फत पोखराका एजेन्ट धिमाल गुरुङले ११ महिनाअघि साउदी पठाएका कास्की पोखराका केशव रुचाल बिचल्ली अवस्थामा छन् ।

एजेन्ट गुरुङले ड्राइभर भिसामा राम्रो तलब हुने भन्दै १ लाख ३० हजार रुपैयाँ लिएर साउदी पठाएका रुचाल अहिले मरुभूमिको बिचमा भेडा चराउँछन् । ‘आफू इराकको बोडर नजिकै रहेको बताउँदै ,’ उनले रुँदै भने,’ मैले कयौँ दिन सुक्खा रोटी खाएर गुजारेको छु, अस्ति पनि पानी परेर रातभरि सुत्न सकिन, अहिले रुघाखोकीको कारण बिरामी छु ।’ मंगलबार मध्यराती खबरहबले सम्पर्क गर्दा उनले मरुभूमिको बिचमा खुल्ला आकाश मुनि रात बिताइरहेको दुख पोखे।

‘म एक रात मात्र होइन हरेक दिन मरुभूमिको बिचमा खुल्ला आकाश मुनि भेडासँगै बिताइरहेको छु ,’ उनले भने, ‘धेरै समय खुल्ला ठाउँमा बस्दा गाह्रो भएपछि अहिले सहयोगको लागि हारगुहार गरेँ ।’

आफू ओछ्यानको एउटा गुन्टा बोकेर भेडाको पछिपछि मरुभूमि चहार्दै हिँडिरहेको सुनाए । उनले आफू साउदी आएको ८ महिनापछि श्रीमती अर्कै पुरुषसँग गएको र घरमा ७५ बर्सिया वृद्धा आमा र एक अपाङ्ग दिदी मात्रै रहेको बताए ।

उनले जतिसक्दो चाँडो आफूलाई सकुशल नेपाल फर्काई दिनका लागि सहयोग गर्न श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग लगायत साउदीमा क्रियाशील विभिन्न सङ्घसंस्था तथा अभियन्ताहरूलाई अनुरोध गरेका छन् ।

यी एक प्रतिनिधि उदाहरण मात्र हुन् । सरकारले  वैदेशिक रोजगारीमा खाडी तथा मलेसिया जाने कामदारका लागि ‘फ्री भिसा फ्री टिकट’ लागू गरेको भने पनि म्यानपावर तथा एजेन्टहरुले मोटो रकम लिएर नेपाली युवाहरूलाई खाडीमा कौडीको भाउमा श्रम बेच्ने क्रम अझैँ रोकिएको छैन ।

नेपालमा सम्झौता गरेअनुसार काम तथा सेवा सुविधा नपाउँदा हजारौँ नेपाली युवा समस्यामा पर्ने गरेको सम्बन्धित देशहरूमा रहेका गैर आवासीय नेपाली सङ्घ तथा क्रियाशील नेपाली संघसस्थाहरुले बताउने गरेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ९ : ५९ बजे

प्रेम सम्बन्धको विवादले धनुषाको औराहीमा तनाव, प्रहरीले हान्यो ९ सेल अश्रुग्यास

धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा प्रहरी र स्थानीय बासिन्दाबीच बिहीबार दिउँसो

सडक पहुँचसँगै ओलाङ्चुङगोला पुग्न सहज

फुङ्लिङ– ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारबाट सात घण्टामै चीनको सीमावर्ती रहेको

विद्युत् आयात गर्नेबाट निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण उपलब्धि : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार भृकुटीमण्डपमा आयोजित हिमालयन हाइड्रो एक्स्पो

मनमोहन ज्येष्ठ नागरिकका सच्चा मित्र र असल नेता : विद्या भण्डारी

काठमाडौं- पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री स्वर्गीय

हुम्लाको चंखेलीका तत्कालीन निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त