विश्वकप क्रिकेट : पाकिस्तानले टस जितेर बलिङ रोज्यो | Khabarhub Khabarhub

विश्वकप क्रिकेट : पाकिस्तानले टस जितेर बलिङ रोज्यो


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटको हाइभोल्टेज खेलमा पाकिस्तानले टस जितेर भारतलाई पहिला ब्याटिङको निम्तो दिएको छ । यूएईको दुबई मैदानमा अहिले केही समयपछि खेल शुरु हुँदैछ । आईसीसीको विश्वकपमा पाकिस्तानले हालसम्म भारतलाई पराजित गर्न सकेको छैन ।

परम्परागत प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको क्रिकेट खेल सँधै हाइभोल्टेज हुने गर्छ । यो पटक दुबै टिम निकै बलिया देखिएकाले नतिजा जे पनि हुन सक्ने क्रिकेट पण्डितहरुले बताइरहेका छन् । भारत र पाकिस्तानले जारी विश्वकपमा आइतबार पहिलो खेल खेल्दैछन् ।

आइतबारै भएको पहिलो खेलमा श्रीलंकाले बंगलादेशलाई ४ विकेटले पराजित गरेको छ । १७२ रनको लक्ष्य पाएको श्रीलंकाले ६ विकेट गुमाएर १८ ओभर ५ बलमा लक्ष्य पूरा गरेको हो । श्रीलंकाको जितमा चरिथा असलंकाले नटआउट ८० रन बनाए ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ७ : २७ बजे

बास्केटबलमा एनबिए र सिकागो बुल्सको लोकप्रियता

‘सिकागो बुल्स’ खेलकुदको एउटा ब्रान्ड हो। सन् १९९० र सन्

मधेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

वीरगन्ज– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आजदेखि

काठमाडौँ– १४औँ राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता– २०८० आजदेखि सुरु

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

गण्डकी– गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

भद्रपुर–इलाम–सलकपुर सडक कालोपत्र गरिँदै

झापा– भद्रपुर नगरपालिकाबाट इलामको सलकपुर जोड्ने सडक धमाधम कालोपत्र भइरहेको