विराटनगर पुगेर देउवाले भने, 'विपतमा परेका परिवारलाई राहत उपलब्ध हुन्छ' | Khabarhub Khabarhub

विराटनगर पुगेर देउवाले भने, ‘विपतमा परेका परिवारलाई राहत उपलब्ध हुन्छ’


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – प्रधानमन्त्री शेरबहादुर देउवाले अविरल वर्षाका कारण विपतमा परेका परिवारलाई राहत उपलब्ध गराइने बताएका छन् ।

आज बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानीका क्रममा उनले पीडित परिवारलाई खाना र उचित बासको व्यवस्थापन सरकारले गर्ने बताए ।

प्रधानमन्त्री देउवाले अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार र राहतमा खटिएका सुरक्षा निकायलाई धन्यवाद पनि दिए ।

देशभरमा भएको जनधनको क्षति र राहतका निम्ति मन्त्रिपरिषद्को बैठक बसेर निर्णय गरिने उल्लेख उनले गर्दै बाढी र पहिराबाट आगामी वर्षमा हुने जनधनको क्षति रोकथाम र न्यूनीकरण गर्ने दिशातर्फ सरकारले योजना बनाएर काम गर्ने जानकारी दिए ।

उनले पीडितलाई तत्काल राहतका निम्ति अल्पकालीन एवं दीर्घकालीन योजना बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले मोरङमा भएको क्षतिका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्री देउवा आजै इलाम र पाँचथर पुगी क्षतिका विषयमा अवलोकन एवं जानकारी लिने कार्यक्रम रहेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेश तिम्सिनाले बताए ।

उनका साथमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार छन्।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  १२ : १७ बजे

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको