‘कालो सुन’ का रुपमा लिइने अलैँचीको उत्पादन ४० प्रतिशत घट्यो | Khabarhub Khabarhub

‘कालो सुन’ का रुपमा लिइने अलैँचीको उत्पादन ४० प्रतिशत घट्यो


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – कुनै बेला ‘कालो सुन’ को नामले चिनिएको अलैँचीको किसानको अवस्था केही वर्षयता खस्किएको छ । कुनैबेला प्रतिमन एक लाख २० हजारसम्म पुगेको अलैँचीको मूल्य खस्कँदै २४ हजार रुपैयाँसम्म आयो । कहिले मूल्य घट्ने त कहिले उत्पादन । यस्तै समस्याबाट गुग्रिएका छन्, अलैँची उत्पादक किसान ।

राज्यले अलैँचीको विकास र व्यवपार विस्तारमा ध्यान नदिँदा अलैँची कृषक र व्यवसायी समस्यामा छन् । अन्तर्राष्ट्रिय बजार भएको नेपाली कृषि उत्पादन अलैँचीको बजारका लागि कृषक र व्यवसायीले भारतको मात्र भरपर्नुपर्ने बाध्यता छ । अलैँची तेस्रो देश निर्यात गर्न समस्या नै समस्या छ । अलैँचीको अन्तर्राष्ट्रिय व्यापार पूर्वीनाका काँकडभिट्टाबाट हुँदै आएको छ । ९० प्रतिशत अलैँची भारतीय बजारमा जान्छ ।

बंगलादेशमा भन्सार शुल्क बढी हुँदा नेपाली अलैँची बंगलादेश जान सकेको छैन । निर्यातमा विभिन्न कारणले तेस्रो देश निर्यात हुन सकेको छैन । भारतमा पनि सुकमेलका कारण अलैँचीको मूल्य निरन्तर खस्कँदै गएको छ । सधैँ मूल्य नपाएर हैरानी खेपेका किसानलाई यसपटक भने अलैँचीको उत्पादन घटेर सस्या भएको छ । अलैँची व्यवसायी महासंघका अध्यक्ष राजकुमार कार्कीका अनुसार यस वर्ष गत वर्षको तुलनामा ४० प्रतिशत अलैँचीको उत्पादन घटेको छ ।

गत वर्ष नेपालभर करिब ६० लाख केजी अलैँची उत्पादन भएको उनले बताए । यस वर्ष यसको ४० प्रतिशत अलैँचीको उत्पादन घटेको अध्यक्ष कार्कीले बताए । ‘औलतिरको अलैँची बजारमा आए । ४० प्रतिशत उत्पादन घटेको देखिन्छ । लेकतिरबाट पनि आउने क्रम छ,’ उनले भने, ‘लेकमा पनि अलैँचीको उत्पादन घटेको देखिन्छ । समग्रमा हेर्दा करिब ४० प्रतिशत अलैँचीको उत्पादन घटिरहेको छ ।’

खडेरी र अलैँचीको गानोमा रोग लाग्दा उत्पादन घटेको अध्यक्ष कार्कीले बताए । ‘यसपटक समयमा पानी परेन । खडेरी लागेका कारण उत्पादन घटेको अनुमान गर्न सकिन्छ,’ उनले भने, ‘राज्यले अलैँची बगानमा सिँचाइको सुविधान पुर्‍याउन पर्‍यो । अनि मात्र अलैँची उत्पादनमा वृद्धि हुन्छ ।’

पूर्वी नाकाबाट हुने नेपाली उत्पादनको निर्यातको ५० प्रतिशत हिस्सा अलैँचीले ओगट्दै आएको छ । तर, राज्यले यसको व्यापार प्रवद्र्धनमा बेवास्ता गर्दा अलैँचीले बजार नपाएको उनको भनाइ छ । यसपटक उत्पादन घटे पनि अलैँचीको मूल्य बढेको छ । बजारमा अहिले चलनचल्तीको अलैँचीको मूल्य प्रतिमन ४२ हजार पुगेको छ।

उत्पादन घटे पनि अलैँचीको मूल्य बढ्दा किसानले राहत पाएका छन् । भारतमा समेत अलैँचीको उत्पादन घटेकाले नेपाली अलैँचीले मूल्य पाएको उनले बताए । तर, उत्पादन घटेर मूल्य बढ्नु समस्याको समाधान नभएको अध्यक्ष कार्की बताउँछन् । ‘अहिले उत्पादन घटेर मूल्य बढेको छ । यो स्थायी समाधान हैन । अलैँचीको नयाँ बजार नखोजे मूल्यको स्थायी समाधान हुन सक्दैन,’ उनी भन्छन्, ‘ नयाँ बजार खोज्ने राज्यले हो । हामीले त आग्रह मात्र गर्न सक्छौँ । बंगलादेशमा अलैँची जान सकेको छैन । युएई लैजान पनि समस्या छ । खर्चिलो भएका कारण ठूलो परिणाममा लैजान सकिएको छैन ।’

उनका अनुसार नेपालको ४३ जिल्लामा अलैँची खेती हुँदै आएको छ । परिणामको हिसाबले ताप्लेजुङमा सबैभन्दा धेरै अलैँची फल्छ । कुल उत्पादनको ४० प्रतिशत अलैँची तप्लेजुङमै उत्पादन हुने गरेको महासंघ अध्यक्ष कार्कीले जानकारी दिए । गुणस्तरको हिसाबले संखुवासभाको अलैँची पहिलो हो । पूर्वीनाका काँकडभिट्टाबाट अलैँचीको निर्यात हुने भएकाले अलैँचीको राजधानी बिर्तामोडलाई मानिँदै आएको छ । बिर्तामोडमा दैनिक अलैँचीको कारोबार हुँदै आएको महासंघ अध्यक्ष कार्कीले बताए ।

-न्यूज कारखानाबाट

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ११ : १६ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन