ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु | Khabarhub Khabarhub

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिका–९ लक्ष्मीपुर सडकखण्डमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

शनिबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र१–०१–००१ख ३५२० नंको ट्रक र विपरीत दिशातर्फ गइरहेको मे५प ८४७२ नंको मोटरसाइकल आपसमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–३ का २७ वर्षीय निश्चल खनाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्रकको ठक्करबाट मोटरसाइकल चालक खनाल गम्भीर घाइते भएपछि तत्काल उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्‍याइए पनि उनको उपचारकै क्रममा निधन भएको प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ८ : ५६ बजे

गण्डकीका मन्त्री मनाङे र चुमानलाई जिम्मेवारी

काठमाडौँ– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिएका

पुष्पा–२ ले रिलिज अघि नै एकहजार करोड कमाउने

मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई