बारका पदाधिकारीले प्रधानन्यायाधीश राणालाई भेट्दै | Khabarhub Khabarhub

बारका पदाधिकारीले प्रधानन्यायाधीश राणालाई भेट्दै

यी विषयमा हुँदैछ छलफल


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल बार एशोसिएशनका पदाधिकारीले आज प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग भेट गर्ने भएका छन् ।

शुक्रबार बैठक बसेर अदालतमा स्वचालित पेशी प्रणाली लागु गराउन र सो प्रणाली लागु गर्न प्राविधिक रुपले केही समय लाग्ने भएमा गोला (राफल) प्रणालीबाट पेशी तोक्ने सुझाव प्रतिवेदन कार्यान्वयन गराउन १५ दिने अल्टिमेटम दिएको बारका पदाधिकारीले आज आइतबार प्रधानन्यायाधीश राणा भेटेर समग्र विषयमा छलफल गर्ने अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए ।

स्वचालित पेशी प्रणाली लागुका साथै अहिले न्यायालयमाथि उठिरहेका प्रश्न, संवैधानिक आयोगमा नियुक्तिसम्बन्धी मुद्दामा अवरोध, न्यायपालिकाको सुधारको लागि न्यायाधीश हरिकृष्ण कार्की समितिको प्रतिवेदन कार्यान्वयन, न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक लगायत विषयमा प्रधानन्यायाधीशसँग राख्ने अध्यक्ष श्रेष्ठले बताए ।

प्रधानन्यायाधीश जबराले विकृति तथा विसंगति रोक्नको लागि विशेष पहल गर्नुपर्ने आफूहरुको धारणा रहेको उनको भनाइ छ ।

प्रधानन्यायाधीश राणालाई भेटेपछि बारले थप धारणा बनाउने बताइएको छ । बारले प्रधानन्यायाधीशको राजीनामा भने मागेको छैन । सुधारमै जोड दिएको छ । महाभियोग संसदको क्षेत्राधिकारको विषय भएको बताएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ८ : ३० बजे

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक