२४ घण्टामा ३ लाख ७२ हजार संक्रमित थपिए, मृत्यु कति ? | Khabarhub Khabarhub

२४ घण्टामा ३ लाख ७२ हजार संक्रमित थपिए, मृत्यु कति ?

३ लाख १४ हजार मात्रै कोरोनामुक्त


७ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ७२ बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार ३ लाख ७२ हजार १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसअनुसार सबैभन्दा धेरै बेलायतमा ४४ हजार ९८५, रुसमा ३७ हजार ६६८, अमेरिकामा २८ हजार ८२४, टर्कीमा २६ हजार २१७, भारतमा १६ हजार ७१ र ब्राजिलमा ११ हजार ७१६ जनामा संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा ३ लाख १४ हजार ४६३ जना कोरोनामुक्त भएका छन् । सबैभन्दा धेरै अमेरिकामा ३३ हजार ६५ जना संक्रमणमुक्त भएका हुन्। त्यसैगरी बेलायतमा ३० हजार, टर्कीमा २७ हजार, रुसमा २६ हजार, भारतमा १६ हजार र ब्राजिलमा १० हजार बढी निको भएका छन् ।

गत २४ घण्टामा ५ हजार ८८५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै रुसमा एक हजार ७५, भारतमा ५५९, अमेरिकामा ४८४, ब्राजिलमा ३८५, टर्कीमा २१७ र बेलायतमा १३५ जना रहेका छन् ।

यससँगै विश्वभर कोरानाका कुल संक्रमितको संख्या २४ करोड ४० लाख ८७ हजार ५२९ पुगेको छ । तीमध्ये २२ करोड ११ लाख ५६ हजार ५३९ जना निको भइसकेका छन् भने ४९ लाख ५८ हजार ९४३ जनाले ज्यान गुमाएका छन् ।

यसअघि शनिवार ४ लाख ५० हजार ९८५ जना संक्रमित थपिँदा ३ लाख ८३ हजार ९२६ जना कोरोनामुक्त भएका थिए भए ७ हजार ६२७ जनाको मृत्यु भएको थियो ।

त्यस्तै शुक्रबार ३ लाख ३४ हजार १५६ जनामा कोरोना पुष्टि हुँदा ४ लाख २८ हजार ३५ जना निको भएका थिए भने ४ हजार ८११ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ७ : १३ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०