एमाले स्थायी कमिटी ३ बजेलाई सर्‍यो | Khabarhub Khabarhub

एमाले स्थायी कमिटी ३ बजेलाई सर्‍यो


८ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको स्थायी कमिटी बैठक दिउँसो ३ बजेलाई सरेको छ ।

बैठकको आन्तरिक तयारी नपुगेकाले बैठक दिउँसो ३ बजेलाई सारिएको नेता सुवास नेम्वाङले जानकारी दिए ।

यसअघि हिजोमात्रै अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा माधव नेपालको साथ छाडेका नेताहरुबीच छलफल भएको थियो । छलफलमा १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएको थियो ।

आजको बैठकमा उपाधक्ष्य भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे,रघुजी पन्तले पनि सहभागी हुने प्रतिबद्धता जनाएका छन्।

बैठकमा असार २७ मा भएको १० बुँदे सहमति कार्यान्वयनको योजना पेस हुनेछ ।

१० बुँदे कार्यान्वयनको मोडालिटी तयार गर्न उपाध्यक्ष भीम रावल, महासिचव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेललाई जिम्मा दिइएको छ ।

असार २७ मा कार्यदलले तयार पारेको १० बुँदे सहमितलाई एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटीले यसअघि नै अनुमोदन गरिसकेको छ ।

माधव कुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी बनाएर अघि बढेपछि उनलाई दोस्रो तहका नेताहरुले साथ दिएका छैनन् । उनलाई साथ नदिएका ९ स्थायी कमिटी सदस्य, केही सांसद र केन्द्रीय सदस्यसहित ५७ जना मध्यमार्गी धारमा रहेको बताइन्छ ।

सोमबार अध्यक्ष ओलीसँग बालकोटमा भएको करिव ३ घण्टाको वार्तापछि दोस्रो तहका नेताहरुले नेपाललाई साथ दिन नसिकने र १० बुँदे कार्यान्वयन गर्न ओलीलाई आग्रह गरेका थिए ।

ओलीले उक्त आग्रह स्वीकार गर्दै आजै स्थायी कमिटीबाट एकताको आह्वान गर्न अपील जारी गर्ने तयारी पनि भएको जनाइएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ११ : ५३ बजे

सेतो मच्छिन्द्रनाथ जात्राको रौनक (तस्बिरहरू) 

काठमाडौं– सेतो मच्छिन्द्रनाथको जात्रा आज मनाइएको छ । हरेक वर्ष

गृहमन्त्री लामिछानेले सत्ताबाहिर बसेर छानबिनलाई सघाउन् : रमेश खरेल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व नेता रमेश खरेलले

प्रभु बैंकका ग्राहकलाई स्काइवाक टावरको टिकट खरिदमा विशेष छुट 

काठमाडौं– प्रभु बैंक लिमिटेडका ग्राहकहरूलाई स्काइवाक टावरको टिकट खरिदमा छुट दिन

प्रमुख प्रशासकीय अधिकृत अर्याल सम्मानित

काठमाडौं– चन्द्रागिरि नगरपालिकाको ऐतिहासिक, धार्मिक एवं सांस्कृतिकस्थल संरक्षणमा अतुलनीय योगदान

इरानले इजरायलमाथि गरेको आक्रमणले मध्यपूर्वमा तनाव 

जेरुसेलम– इरानले इजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा तनाव बढाएको