केपी ओली अहिले विक्षिप्त अवस्थामा रहेको प्रचण्डको टिप्पणी | Khabarhub Khabarhub

केपी ओली अहिले विक्षिप्त अवस्थामा रहेको प्रचण्डको टिप्पणी


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली अहिले विक्षिप्त अवस्थामा रहेको टिप्पणी गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यको ८ औं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा प्रचण्डले ओली अहिले बरबराउन थालेको भन्दै विक्षिप्त अवस्थामा रहेको टिप्पणी गरेका हुन् ।

‘केपी ओली नराम्रोसँग इतिहासमा पछारिएका छन्, विक्षिप्त छन् अहिले । कहिले बालकोटको बार्दलीबाट बरबराउँ छन्, कहिले कहाँ गएर बरबराउँछन् ।’ उनले भने, ‘अब यो बरबराहट पनि धेरै दिन रहन्छ जस्तो लाग्दैन । किन भने उनकै पार्टीभित्र उनलाई चिन्ने क्रम शुरू भइसकेको छ ।’

सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापना भएर ठूलो विजय प्राप्त गरेपनि चुनौति धेरै बाँकी रहेको उनको भनाइ छ । उनले अहिलेको अवस्थामा निक्कै बुद्धि पुर्‍याएर काम गर्नु पर्ने बताए ।

संसद विघटनविरुद्धको संघर्षमा बनेको गठबन्धनलाई आफूले बचाउन खोजे पनि कहीँ कतैबाट टुटाउने प्रयास भइरहेको प्रचण्डले बताए ।

अध्यक्ष प्रचण्डले आफ्ना पार्टीका सबै सांसदले मन्त्री बन्न खोजेपछि आफू तनावमा परेको पनि बताए ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ७ : २६ बजे

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्