विप्लव राजनीतिक भेटवार्तामा व्यस्त, आज जसपा अध्यक्ष ठाकुरलाई भेटे | Khabarhub Khabarhub

विप्लव राजनीतिक भेटवार्तामा व्यस्त, आज जसपा अध्यक्ष ठाकुरलाई भेटे


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ राजनीतिक भेटवार्तामा सक्रिय भएका छन् ।

उनी शीर्ष नेतालाई भेट्न उनीहरूकै निवास पुग्दै आएका छन् । पछिल्लो विकसित घटनाक्रमको विषय र आफूले ओली सरकारसँग गरेको तीन बुँदे सहमति कार्यान्वयनको दबाबका लागि भेटवार्ता गरिरहेका विप्लवले राजनीतिक स्थिरताका विषयमा नेताहरूसँग छलफल गरिरहेको बताइएको छ।

उनले माओवादी नेताहरूलाई भेटेर एउटै मोर्चा बनाउन प्रस्ताव गरेका छन् भने नेपालमा सबै कम्युनिस्ट एक भएर अघि बढ्नुपर्ने बताउँदै आएका छन् ।

यसैक्रममा विप्लवले आज जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता गरेका छन् ।

शनिबार पार्टीका अर्का नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सँगै विप्लव ठाकुर निवास पुगेका थिए ।

दुई नेताबीच पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ३ : २८ बजे

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका