आगलागीबाट उम्केर ओलम्पिकमा मुक्केबाज « Khabarhub
Logo
२ कार्तिक २०७८, मंगलबार

आगलागीबाट उम्केर ओलम्पिकमा मुक्केबाज



काठमाडौँ– ‘घर बल्यो बाहिर निस्कनु !’ अमेरिकी मुक्केबाज ओसाए जोन्सका छिमेकीहरु ढोकामा हिर्काएरै कराउँदै थिए । ती छिमेकीले घरभित्र आगोको झिल्का देखेर कराएका थिए । आगोको तप्का बेडरुमतिर गइरहेको थियो । फेरि उनीहरू कराउँछन्, ‘घर जलिसक्यो, छिटो बाहिर निस्कनू ।’

आसन्न ओलम्पिककी स्वर्ण पदक दाबेदार उनका लागि यी आवाज अपत्यारिला थिए । उनी लगातारको यो आवाज सुनेपछि बाहिर निस्किन् । राति सुत्ने तरखरमा रहेकी उनी बक्सिङ ब्रा र पाजामा पेन्ट (छोटो खालको कपडा) को भरमा सडकमा निस्किन् । अनि आफू सुत्ने घर जलेको दृश्य टोलाएर हेरिरहिन् ।

उनले भनिने, ‘हाम्रा छिमेकीले आफ्नोमात्र ख्याल राखेर हामीलाई मतलब नगरेको भए हामी अन्त कतै धेरै टाढा पुगेको हुने थियौँ ।’

जोन्स ओहायोस्थित टोलेडोमा जन्मेहुर्केकी थिइन् । त्यहाँ समस्या पनि थियो । उच्च क्राइम रेटका कारण बदनाम त्यो ठाउँमा गरिबी पनि थियो । जोन्सका विचारमा त्यो रात यो सहरले आफ्नै वास्तविक रङ्ग देखाएको थियो ।

तिनै छिमेकीले उनलाई बचाए, आश्रय पनि दिए । विडम्बना ! उनी यति रित्तिइन् कि उनीसँग आफ्नो बक्सिङ ग्लोब समेत रहेन ।

२०२१ को मेको यो भयावह रात उनले बिर्सेकी छैनन् । महामारीबाट पीडित अमेरिकीहरू बाहिरी दुनियाँमा निस्कँदै गरेको समयमा उनका लागि यो ठूलो चोट थियो । अमेरिकी बक्सिङसँग आबद्ध व्यक्तिले कपडा पठाएपछि उनी सामान्य भइन् । यसबीचमा उनले आफूलाई विक्षिप्त नै पाएकी थिइन् ।

त्यो रात उनले सबै थोक गुमाएकी थिइन् । जुन ओलम्पिकमा सहभागिताको लागि उनले मिहिनेत गरेकी थिइन्, त्यसमै सहभागिताको टुङ्गो थिएन ।

यस ओलम्पिकको समाप्तिसम्ममा थुप्रै कथा लेखिने छन् । थुप्रै स्टारको उदय हुनेछ । संसारका खेल पण्डितहरूले अपेक्षा गरे अनुसार नै धेरै स्टारहरू छाउने छन् । कति अनुमान विपरीत नयाँ स्टारको जन्म हुनेछ । ओलम्पिक खेलकुदको समाप्तिमा लेखिने कथाका लागि हामीले धैर्य हुनै पर्छ ।

आगलागीको पाँच दिनपछि उनलाई एक कल फोन आयो जसमा उनले ओलम्पिकमा खेल्न पाउने खबर पाइन् । आगोले ल्याएको दुःखमा यो खबर खुसी बनेर आएको थियो । फोन आउँदा उनको शरीरमा गतिलो कपडा पनि थिएन तर जोस बटुलिन् र ओलम्पिकको तयारीमा लागिन् ।

युवा जोन्सको जीवन सङ्घर्षपूर्ण थियो । उनको त्यस्तो एउटा सानो शहरमा जन्मिएकी थिइन् जहाँ बक्सिङ धेरै पहिलेदेखि युवाहरुको दिनचर्या झैँ थियो । उनी त्यो शहरलाई साँच्चै माया गर्थिन् । त्यही मायाले उनी आफूलाई देशको परिष्कृत मुक्केबाज बनाउन सफल भइन् ।

बाबुले उनलाई दश वर्षको उमेरमा जिम लगेका थिए । जिममा लैजान बाबुको शर्त थियो कि छोरीले कसैसँग झगडा नगर्ने । उनी कान्छा दाजु ओस्था जोन्स तृतीयसँग सानैदेखि प्रशिक्षण गर्थिन् । दाजु बहिनीको बराबरीकै टक्कर पर्थ्यो ।

सानी मोटी र गोलो मुखाकृतिकी जोन्सलाई तौल घटाउने दबाब थियो । पहिलो भिडन्त उनलाई अझै याद छ । केही वर्षदेखि जिममा अभ्यास गरिरहेकी केटीसँग स्कुलमा भिडन्त थियो । रिङमा उत्रेपछि उनी धेरै अनुभवी खेलाडीझैँ प्रस्तुत भइन् र जितिन् ।

त्यसपछि उनी रिङमा रमाउन थालिन् । ग्लोबसहित रिङमा उत्रेपछि एक खाले शक्ति जागे जस्तो हुन्थ्यो । उनी अमेरिकामा हरेकलाई पराजित गर्न थालिन् । उनलाई मुक्केवाजी एकदमै सजिलो महसुस हुन्थ्यो । यही खेल्न जन्मेकी हुँ कि जस्तो लाग्थ्यो ।

यी ओलम्पियन जोन्स अहिले पनि आफ्नै बाबु ओथा बिग ओ जोन्स जुनियरले सञ्चालन गरेको जिममा अभ्यास गर्छिन् । सोही स्थानमा उनका दाजु पूर्वमिडलवेट बक्सर रोस्वान जोन्सले हिनीलाई सहयोग गर्छन् ।

सन् २०१६ को ओलम्पिकमा सहभागी हुने र्चाल्स कोर्नवल सोल सिटी बक्सिङका पहिलो खेलाडी हुन् । जोन्स यस टोलेडोको दोस्रो ओलम्पियन हुँदैछिन् ।

जोन्स एउटा समस्याग्रस्त ठाउँकी खेलाडी हुन् । उनलाई आशा छ, टोलेडोको युवाको रुचि फेरिने छ । वेश्यावृत्ति र लागु पदार्थ जस्ता कुलत त्यहाँका युवाले छाड्दै जानेछन् ।

उनलाई टोलेडोका त्यो गाउँप्रति सधैँ सम्मान रहेको छ । यहीँबाट सबै कुरा सिकिन्, सन् २०१९ को पान अमेरिकन खेलकुदमा स्वर्ण पदक जितिन् । बक्सिङमा ४१ जित पाएकी उनी पराजित भएकी छैनन् । उनको अन्तिम जित सन् २०२० मा बुल्गेरियामा भएको थियो ।

सबैभन्दा मूल कुरा त कोरोना महामारीको भयावह र डरलाग्दो क्षति भोगेको अमेरिका खेलकुदमा पनि शक्ति राष्ट्र रहन सक्छ कि सक्दैन भन्ने अग्नि परीक्षा पनि हुनेछ । यस अग्नि परीक्षाको एक पात्र जोन्स पनि हुन् । उनले टोक्योको कोलिगिकान एरेनामा जुलाईको अन्त्यसम्म प्रतीक्षा गर्नुपर्नेछ ।

उनी टोकियोमा अमेरिकी टोलीको क्याम्पमा छिन् तर उनको मुटुमा त्यही टोल छ जसले उनलाई बचायो, सहारा दियो ।

उनलाई थाहा छ, टोलेडेका हरेक व्यक्तिले उनको जित पर्खेका छन् । उनी ओलम्पिक पदक सहित घर फर्किएको हेर्न चाहन्छन् । छिटो चल्ने उनको पाखुरामा त्यो दम छ । आवश्यक छ त ठिक समयमा क्लिक हुने ।

खेलकुदमा चिट गर्नु उनलाई कहिल्यै स्वीकार्य भएन । अर्जेन्टिनामा हुने भएको अमेरिकी क्षेत्रको छनोट लगातार दुई वर्ष कोभिडले स्थगित भएपछि पूर्व प्रदर्शनको आधारमा खेलाडी चयन भएका थिए । उनका लागि छनोट खेलेर सहभागी हुनु जत्तिको मजा लागेन । तैपनि खेलपछि रेफ्रीले हात उठाएर छनोटको घोषणा गर्नुको मजा उनका लागि फरक हुने थियो ।

सन् १८९६ मा सुरु भएको आधुनिक ओलम्पिक खेलकुद इतिहासमै पहिलो पटक एक वर्ष ढिला भएर सञ्चलन हुँदैछ । कोभिड १९ महामारी, जापानमा भएको व्यापक जनविरोध तथा ओलम्पिक खेलको दौरानमा भिलेजमै भेटिएका सङ्क्रमितका यस पटक ओलम्पिक खल्लो मात्र होइन कतै जापानीहरूको जनजीवन नै अझ क्षत विक्षिप्त बनाउने त होइन भन्ने आशङ्काको बिच शुक्रवार औपचारिक रूपमा शुरू भएको छ ।

यस ओलम्पिकको समाप्तिसम्ममा थुप्रै कथा लेखिने छन् । थुप्रै स्टारको उदय हुनेछ । संसारका खेल पण्डितहरूले अपेक्षा गरे अनुसार नै धेरै स्टारहरू छाउने छन् । कति अनुमान विपरीत नयाँ स्टारको जन्म हुनेछ । ओलम्पिक खेलकुदको समाप्तिमा लेखिने कथाका लागि हामीले धैर्य हुनै पर्छ ।

हरेक कुरामा पर्फेक्सन खोज्दै आफूलाई उत्कृष्ट साबित गर्न शक्ति राष्ट्रका खेलाडीहरू उपस्थित भएका छन् । आय र आम्दानीको सवालमा पिछडिए पनि खेलकुदमै भए पनि संसारमा आफूलाई स्थापित गर्न इथियोपिया जस्ता देशका होनहार खेलाडी पनि यसै ओलम्पिकमा सहभागी छन् । मध्यम र लामो दूरीको दौडमा उनीहरूको उत्कृष्टता संसारले हेर्नेछ । नेपाल जस्ता संसारका केही देश छन्, जसको लक्ष्य भाग लिनुमै हुने गरेको छ ।

सन् १९३६ को ओलम्पिक हिटलरको, सन् १९६४ को ओलम्पिक जापानको पुनर्निर्माणको भएजस्तै यो ओलम्पिक कर्पोरेट दुनियाँले आर्थिक फाइदाका लागि मानवतामाथि निर्लज्ज प्रहार गरेको ओलम्पिकको रूपमा पनि इतिहासमा चित्रित हुन सक्नेछ ।

सबैभन्दा मूल कुरा त कोरोना महामारीको भयावह र डरलाग्दो क्षति भोगेको अमेरिका खेलकुदमा पनि शक्ति राष्ट्र रहन सक्छ कि सक्दैन भन्ने अग्नि परीक्षा पनि हुनेछ । यस अग्नि परीक्षाको एक पात्र जोन्स पनि हुन् । उनले टोक्योको कोलिगिकान एरेनामा जुलाईको अन्त्यसम्म प्रतीक्षा गर्नुपर्नेछ । –एजेन्सीहरूको सहयोगमा


भर्खर

0