सत्ता समीकरण मिलाउन प्रचण्डको दौडधुप | Khabarhub Khabarhub

सत्ता समीकरण मिलाउन प्रचण्डको दौडधुप

प्रधानमन्त्री देउवालाई भेटेर नेता नेपाल भेट्न कोटेश्वर पुगे


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक भेटघाटमा सक्रिय बनेका छन् ।

उनले सत्ता समीकरण मिलाउन गठबन्धनका नेताहरूसँगको भेटवार्तालाई बाक्लो बनाएका छन् ।

प्रचण्ड आज बिहानैदेखि दौडधुपमा छन् । बिहानै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका प्रचण्ड प्रधानमन्त्रीसँगको भेट सकेर एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगे ।

भेटमा प्रचण्डले मन्त्रिपरिषद विस्तार र भागबण्डाका विषयमा छलफल गरेका थिए । प्रचण्डले माधव नेपाल समूहलाई सरकारमा सहभागी गराउने कानुनी र राजनीतिक जटिलताका विषयमा नेताहरूसँग छलफल गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

यसअघि देउवाले विश्वासको मत लिएपछि मन्त्रिमण्डल विस्तार गर्ने सहमति अनुसार अहिले मन्त्रीको संख्या र सहभागिता टुग्याउने विषयमा गठबन्धनका नेता छलफलमा छन् । यता माधव नेपाल समूह भने सरकारमा सहभागी हुने वा नहुने भन्ने टुंगो लागेको छैन ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  १० : २६ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय