जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ | Khabarhub Khabarhub

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ


९ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामेछाप-  जबरजस्ती करणीको मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले रामेछापबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–१ घर भइ रामेछापको मन्थली नगरपालिका– ६ भलुवाजोर बस्ने २७ वर्षीय टसी विक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार उनलाई सर्वोच्च अदालतले २०७२ साल मंसिर ६ गते १० वर्ष कैद सजाय तोकेको थियो । प्रहरीले उनलाई शुक्रबार बिहान ११ बजे भलुवाजोरबाट पक्राउ गरेको हो ।

उनले सिन्धुपाल्चोककी एक महिलामाथि जबरजस्ती करणी गरेका थिए । कैद सजाय भएका टसी विकले आफ्नो नाम परिवर्तन गरेर राज विक राखेका थिए । नाम परिवर्तन गरेर बसेका विक रामेछापमा एक ग्रिल उद्योगमा काम गर्थे ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  १० : १० बजे

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा