उमा | Khabarhub Khabarhub

उमा



आठ/नौ महिनादेखि जिउँदो लास बनेर थलिएकी उमालाई आज किन हो त्यो छाप्रोको सानो झ्यालसम्म पुगेर बाहिरी संसार नियाल्न मन लागिरहेको छ । उमा बाँकी रहेको एक मुठी तागत आफू सुतेको खाटबाट बटुलेर उठ्ने प्रयास गर्दै थिइन् । सुकेर हड्डीमात्र बाँकी रहेका आफ्ना खुट्टा सकीनसकी घिसार्दै उनी झ्यालसम्म पुग्दा एक प्राण गए झैँ भयो । बिस्तारै झ्यालका भत्किन लागेका चौखटको सहारामा आधा शरीर उठाएर टाउको थोरै बाहिर निकालिन् ।

ओहो ! आज त संसारै परिवर्तन भएझैँ लाग्यो उनलाई । छाप्रो अगाडिको त्यो हिलो बाटो कहिले ग्राबेल भएछ ! अलिक पर कसैको घर बन्न लागेको रहेछ ! समय कति छिटो बित्दो रहेछ ! एक्लै बरबराइन् उमा ।

मधुरो घाम एक्कासि हरायो, बादल मडारिएर पानी छिट्याउन पो थाल्यो । चराहरू ओत लाग्न रूखका हाँगामा बस्न थाले । एउटी कुकुर्नीले आफ्नो भर्खर जन्मिएको छाउरो मुखले च्यापेर बाटो परतिर चौताराको फल्याकमुनि लगेर ओत लगाई । भिजेको शरीर एकपटक मज्जाले फट्कारी र ओभानो ठाउँमा लमतन्न सुती, शायद छाउरो भोकै होला ।

नभन्दै त्यो सानो छाउरो छमछम गर्दै आमाको शरीर सुँघ्दै दूध तान्न थाल्यो । कुकुर्नी र उसको बच्चालाई एकोहोरो हेरिरहेकी उमाको आँखाबाट कतिबेला आँसु झरेछ उनले पत्तै पाइनन् । त्यही कुकुर्नीको बात्सल्य र छाउरोले आफ्नी आमाको काखमा संसार खोज्दा शायद उमाले पनि आफ्नो बालापन सम्झिन् क्यार ! आँसुका धाराले अनुहार धुँदाधुँदै उनको अनुहारमा उज्यालो छायो ।

००००

‘कति राम्री छे मेरी उमा’ आम उमाको कपाल कोरेर आफ्नी छोरीको अनुहार सुम्सुम्याउँदै भन्दै थिइन् । सारै ज्ञानी थिइन् उमा । आमा जता गए पनि पछ्याउँदै जान्थिन् । मेलापात, दाउराघाँस, पँधेरोमा आफ्नी आमाकी साथी थिइन् उनी । तीन कक्षा पढेपछि विचरा आमाले छोरी पढाउन सकिनन् । बाउ पनि अर्काको घरको काम गर्दै ठिक्क । दाजु गाउँभरिका केटासँग गुलेली बोकेर चरा मार्दै दिन बिताउँथ्यो ।

आफ्नी आमाको प्रत्येक संघर्षको साक्षी थिइन् उमा । मक्किसकेका लुगा, पटपट फुटेका नाङ्गा कुर्कुच्चा र राम्ररी खान नपाएको शरीर बोकेर छोराछोरी, श्रीमान् र आफ्नो शरीरको सास जगेर्ना गरेकी आमाको मुखबाट अचानक रगत भलभली देख्दा उमा चिच्याई चिच्याई रोइन् ।

त्यसपछि आमा उठ्न सकिनन् ।

पन्ध्र दिनपछि उमालाई बाबु र दाजुको पोल्टामा हालेर उमाले यो संसारबाट बिदा लिइन् । घरको निब नै निभेपछि व्यवहार भत्किन थाल्यो, सम्बन्ध ओइलाउन थाल्यो । दाजु केही दिनमा कता गयो पत्तो भएन । बाबुले अर्की आमा ल्याए । उमाका लागि आफ्नै आँगन पराइ लाग्न थाल्यो ।

भोकले छटपटाएकी उमा खान पाइने आशमा धनबहादुर महाजनको आँगनमा पुगेर बसिन् । आज त्यहाँ बेग्लै चहलपहल थियो । भान्साबाट आएको थरीथरीका खानाको बास्नाले उमाको भोक झन जाग्यो । एकछिनमा एउटी महिला बाहिर निस्केर उमा छेउमा आइन् । नकोरेका कपाल, खाली खुट्टा, आँसु पनि सुकेको आँखा, फाटेको जामा… !

महिलाले केही नभनी उमालाई नियालिन् र टपरीमा खिर, सब्जी, सेल, अचार ल्याएर दिइन् । एक सासमै कयौँ दिनको भोक मेटाइन् आज उमाले । त्यसपछि मात्र छचल्किएका आँखाले उनले ती महिलालाई हेरिन् । महिलाले नरम भएर नाम, घर सबै सोधिन् ।

सबै कुरा बताउँदै गरेकी उमालाई आज ती महिलालाई कसेर अँगालो मार्न मन लाग्यो तर आँट गरिनन् । महिलाले ‘तिमी मसँग काठमाडौँ जान्छ्यौ’ भनेर सोधिन् । त्यो ठाउँमा नपाएको माया र भोकै सुत्नुपर्दाको पीडाले उमालाई पोलेको थियो । उमाले एक झट्कामै हुन्छ भनिन् ।

सब्जी लिन जाँदा र कोही आफन्तकोमा जाँदा उमा तिनै महिलासँगै हुन्थिन् । सब्जी काट्ने, घर बढार्ने, लुगा धुने सबै काम उमाले सघाउन थालिन् । उमा कताकता ती महिलामा आफ्नी आमा खोज्थिन् । केही महिनापछि त उमा मल पुगेको बिरुवा झैँ हलक्क भइन् । ‘यो साल आधा गइहाल्यो, अर्को साल तँलाई स्कूल हाल्दिन्छु’ भनेर महिलाले भन्दा उमा फुरुङ्ङ भइन् ।

दिन बित्दै थियो । उमी ती महिलालाई मुवाँ भन्थिन् । दुवै जना एक दिन सब्जी किनेर फर्किंदै थिए । एक्कासि एउटा टिपर उनीहरूमाथि आइलाग्यो । उमा बिउँझिदा अस्पतालमा रहिछन् । उठ्न नसेकका खुट्टा हातले सुम्सुम्याइन् । पट्टी कसेको रहेछ । यताउति हेरिन्, मुवाँ देखिनन् । मुवाँ ! मुवाँ ! भन्दै चिच्याइन् ।

अलि पर चिर निद्रामा सुतेकी मुवाँ देखेर उमा दौडन खोजिन् तर सकिनन् । एउटी नर्सले ह्विलचेयरमा हालेर त्यहाँसम्म पु¥याइदिई । मुवाँको अनुहार, हात, खुट्टा, लुगा सबै छाम्दै उमा रोइन् । रगतले आधा लुगा भिजेको थियो । टाउको फुटेको हुनुपर्छ, पट्टी थियो । आफ्नी आमा मर्दाभन्दा बढी रोइन् उमा ।

साँच्चै आज उमा टुहुरी भइन् । आमाको रूपमा पठाइदिएकी मुवाँ पनि दैवले खोस्यो । स्ट्रेचरमा मास्क लगाएका मानिस आएर मुवाँलाई लिएर गए । उमा पनि सँगै जान खोजिन् तर दिएनन् ।

ओझेल नभइन्जेल उमा चिच्याउँदै रोइन् । मुवाँको न त शरीर त्यहाँ थियो न त सास नै ।

‘एक रातको कति लिन्छ्यौ नानी ?’ एक अधबैँसे पुरुषले छेउमा आएर सोध्यो । कुरा बुझिनन् उमाले । ट्वाल्ल परेको देखेर शायद पागल सोच्यो त्यो पुरुषले, केही नभनी हिँड्यो । 

उमाको संसारै अँध्यारो भयो । धेरै रोएर उमा त्यही ह्विलचेयरमा बेहोस भइन् । खुट्टा ठीक हुन एक महिना लाग्छ भनेको थियो । उमासँग न पैसा, न त आफन्त, रित्तो थिइन् उनी । अरू बिरामीका कुरुवा, नर्स, डाक्टरले दया गरेर आफ्नो गाँस कटाएर दिएको खानाले पेट भर्दै थिइन् अनि अरूले दिएको थोत्रा लुगाले लाज छोपेकी थिइन् । एक महिनापछि खुट्टाको पट्टी खोलिदिए डाक्टरले, ठीक भएछन् । आफन्त नभएकी बालिका भनेर अस्पतालले शुल्क लिएन ।

उमा गन्तव्यविहीन पाइला लिएर अस्पतालबाट निस्किन् ।

००००

‘एक रातको कति लिन्छ्यौ नानी ?’ एक अधबैँसे पुरुषले छेउमा आएर सोध्यो । कुरा बुझिनन् उमाले । ट्वाल्ल परेको देखेर शायद पागल सोच्यो त्यो पुरुषले, केही नभनी हिँड्यो ।

रत्नपार्कको पुलमा उभिएकी ती अबोध उमालाई के थाहा काठमाडौँको आकाशमा रात परेपछि गिद्धहरू सलबलाउँछन् भन्ने ! उमेरले चौध वर्ष भए पनि हलक्कै बढेकी उनी सत्र, अठार वर्षकी झैँ देखिन्थिन् । दुई चार दिन त्यही बसेपछि त्यहाँ फस्टाएको व्यवसाय बुझिन् । पेट पाल्न उनले पनि त्यही व्यवसाय रोजिन् ।

आमा र मुवाँको स्नेहमा हुर्किएकी कोमल उमा दिनदिनै गिद्धहरूबाट लुछिँदै थिइन् । त्यहीँ नजिकै एउटा सानो कोठा लिएर बस्न थालेकी उमाले दुई वर्षपछि छेउकै चिया पसलेसँग बिहा गरिन् । छ वर्षमा छोरा र छोरी समेत भए उमाका । नगरपालिकाले बाटो बढाउँदा चिया पसल उड्यो । अब पेट पाल्ने बाटो केही थिएन ।

एउटा खुट्टाको भर भएको बूढोले धेरै परिश्रमको काम गर्न सक्दैन थियो । उमाले फेरि पहिलेकै व्यवसाय शुरू गरिन् । छोराछोरी पढ्दै थिए । छोरीले १२ सकेर आफैँ बिहा गरी । बहत्तर सालको भूकम्पले खाना खाएर सँगै बसेका बूढाबूढीमा बूढोलाई गुमुर्काएर लग्यो ।

अब आमाछोरामात्र बाँकी भए । छोरो एउटा पसलमा काम गर्न थाल्यो । उमाले काम छोड्छु भनिन् । के काम गर्छु भनेर छोराछोरीलाई कहिल्यै सुनाइनन् । काम छाडेको केही दिनपछि बिरामी परिन् । छोराले अस्पताल लग्यो । रगतको रिपोर्ट हेरेपछि छोरो खुब रिसायो ।

उमाले सबै बाध्यता सुनाइन् तर छोरो पग्लेन । भोलिपल्ट बिहानै छोरो आमालाई छोडेर हिँड्यो । नौ महिना भएछ ओछ्यान परेको । उमाले औँला भाँचेर गनिन् । गिद्धहरूलाई शरीर लुछाउँदा बनेकी एउटी साथी पनि एक्लै थिई । उसैले उमाको हेरचाह गर्दै थिई ।

००००

एक पलमा सबै विगत सम्झेर उमाले आज फेरि ती पलहरूसँग केही समय बिताइन् । ‘कति अभागी रहेछु ! केका लागि यो सास रहेको होला ! अब यो पीडाबाट मुक्ति देऊ भगवान् ! मलाई मेरी आमासँग भेट गराइदेऊ ! उनले भगवान् पुकारिन् ।

फेरि मानव जीवन चाहिन्न मलाई, मेरोजस्तो पीडा मेरा छोराछोरीलाई नहोस् ! उमा बरबराइन् ।

००००

पानी रोकियो, चराहरू फेरि चारो खोज्न उडे । छाउरो दूधले अघाएछ क्यार ! आफ्नी आमासँग खेल्न थाल्यो । बाटोमा फाट्टफुट्ट मान्छे हिँड्न थाले । के मन लाग्यो कुन्नी ! आखिर आमा भनेको आमा नै हो, आमाको मायाले छोराछोरीको हृदय पगाल्छ ।

‘तिमीले जे गरे पनि मलाई तिम्रो नै माया लाग्छ’, उमाको छोरो फतफताउँदै भित्र छि¥यो ।

‘ओहो ! आमा ठीक भयो कि कसो ! झ्यालमा बसेकी छौ त ?’ छेउमा गएर उमालाई छोराले कोट्यायो ।

निःसन्देह, उमाको निर्जीव शरीर छोराको काखमा डङरङङ्ग ढल्यो ।

‘आमा ! आमा !’ छोराले बोलायो । आमा बोलिनन् ।

यो दुःखको संसारबाट अनि असीमित पीडाबाट बिदा लिइसकेकी थिइन् उमाले । हात मुठी कसिएको रहेछ । छोराले आमाको मुठी खोलेर हेर्‍यो । सुरक्षा र मायाको जडीबुटी हालेर आमाले उमालाई बाँधिदिएको बुटी रहेछ । शायद त्यही बुटीमा उमाले पनि अपार माया र स्नेह आफ्ना छोराछोरीका लागि बाँधिदिएकी थिइन् ।

आमाको त्यही उपहार हातमा लिएर छोराले आमासँग बिताएका प्रत्येक पल निःशब्द सम्झिरह्यो अनि टोलाइरह्यो, धेरै बेरसम्म ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ७ : ५५ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं– सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न अस्वीकार

बिहारको एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु

काठमाडौं– भारतको बिहार राज्यको पटनामा एक होटलमा आगलागी हुँदा ६

नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामा रहेका प्रतिवादीको निवेदनमाथि सुनुवाइ सकियो

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका टोपबहादुर रायमाझी सहितका

एकीकृत समाजवादीका नेता विजय पौडेलले डुबाए माइलस्टोन सहकारी

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) उपमहासचिव डा. विजयकुमार पौडेल संस्थापक

बागमतीमा बोलिने सबै भाषाभाषीको संरक्षण हुन्छ : मन्त्री श्रेष्ठ

सिन्धुली– बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन