पूर्वमन्त्री बाँस्कोटाको कटाक्ष : अदालतबाट निर्दल पुनर्स्थापनाका लागि सडकमा हो ?  | Khabarhub Khabarhub

पूर्वमन्त्री बाँस्कोटाको कटाक्ष : अदालतबाट निर्दल पुनर्स्थापनाका लागि सडकमा हो ? 


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले विपक्षी गठबन्धनलाई अदालतबाट निर्दल पुनर्स्थापनाका लागि सडकमा हो भन्दै प्रश्न गरेका छन् ।

विपक्षी गठबन्धन र ती समर्थक कानून व्यवसायीले संविधानको धारा ७६ को उपधारा ५ मा पुगेपछि कुनै पनि सांसद दलीय अनुवन्धनमा नरहने र स्वतन्त्र हैसियतमा प्रधानमन्त्री चयन गर्न पाउने जिकिर गरिरहेका बेला बास्कोटाले त्यसको कटाक्ष गरेका हुन् ।

उनले भने ट्वीट गर्दै भनेका छन्, ‘विपक्षी सडकमा तर किन ? हिजो लोकतन्त्र स्थापनार्थ खडा भएका दल आज अदालतबाट निर्दल पुन:स्थापनाका लागि सडकमा हो ? संविधानको धारा ७६को २ र ५ को सम्बन्ध छैन भन्ने हो भने पार्टी टिकेट सांसद र सरकारको सम्बन्धै रहेन।त्यसो हो भने विपक्षी गठबन्धन सत्ताको लागि प्रणाली नै परिवर्तनतर्फ लाग्यो ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बुधबार भएको बैठकले सडक संघर्षमा जाने निर्णय गरेसँगै नेता बाँस्कोटाले यस्तो टिप्पणी गरेका हुन् ।

 

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ६ : ४२ बजे

दयाहाङको सफलतामा लुकेको रहस्य

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं

महाजात्राले कमायो २६ करोड ६५ लाख

काठमाडौं– ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौं– नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको

कोशीमा मुख्यमन्त्री केदारकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन कांग्रेसको माग 

काठमाडौं– नेपाली कांग्रेसका सांसद विनोद राईले कोशी प्रदेशका मुख्यमन्त्री केदार

सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद हसिना खानले