भीमदत्त नगरपालिकाको बजेट १ अर्ब ५९ करोड,  स्वास्थ्य, शिक्षा र कृषि प्राथमिकतामा | Khabarhub Khabarhub

भीमदत्त नगरपालिकाको बजेट १ अर्ब ५९ करोड,  स्वास्थ्य, शिक्षा र कृषि प्राथमिकतामा


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भीमदत्त नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि रु एक अर्ब ५९ करोडको बजेट नगरसभामा पेश गरेको छ ।

‘सन्तुलित वातावरण, सुशासनसहितको समाजवादउन्मुख नगर, कृषि, पर्यटन तथा प्रविधिमा आधारित अर्थतन्त्र विकासको आधार’ भन्ने नारासहित आज शुरु भएको नवौँ नगरसभामा नगर उपप्रमुख सुशीला चन्दले आगामी वर्षको नीति, कार्यक्रम र बजेट पेश गरेका हुन् ।

बजेटमा रु एक अर्ब ११ करोड चालु र रु ४१ करोड पूँजीगत खर्च गर्ने लक्ष्य राखिएको छ । यो बजेट चालु आवभन्दा बढी हो । चालु आवमा रु एक अर्ब ३७ करोड बजेट विनियोजन गरिएको थियो ।

भीमदत्तले यस वर्ष २५ वर्षे गुरु योजनाका आधारमा नीति, कार्यक्रम र बजेट ल्याएको हो । नगरपालिकाले गत वर्ष रणनीतिक गुरु योजना बनाएको थियो । बजेटमा कोेरोना महामारी नियन्त्रण, रोकथाम सहित शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ ।

नगरपालिकाका प्रवक्ता हिमालबहादुर चन्दले कोभिड –१९ महामारी नियन्त्रण रोकथामसहित स्वास्थ्य, शिक्षा, कृषिलगायत क्षेत्रलाई प्राथमिकता दिएर बजेट ल्याइएको बताए ।

भीमदत्तलाई स्मार्ट सिटीका रुपमा विकास गर्न संघीय सरकारको सहकार्यमा कार्यक्रम सञ्चालन हुने भएको छ । नेपाल सरकारले चालु वर्षमा भीमदत्तलाई स्मार्ट सिटी निर्माणका लागि छनोट गरी बजेट सुनिश्चितता गरेको छ ।

नगर प्रमुख सुरेन्द्र विष्टले नगरको आन्तरिक स्रोतसाधनलाई ध्यानमा राखी आगामी वर्षको नीति, कार्यक्रम र बजेट ल्याइएको बताउनु भयो ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ९ : ४५ बजे

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको