गल्ती स्वीकार गरेर 'कोर्स करेक्सन' गर्न तयार भए ओलीलाई स्वागत गर्छौँ : नेता नेपाल | Khabarhub Khabarhub

गल्ती स्वीकार गरेर ‘कोर्स करेक्सन’ गर्न तयार भए ओलीलाई स्वागत गर्छौँ : नेता नेपाल


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एमाले नेता माधवकुमार नेपालले देशको स्वाधिनता, स्वाभिमान र राष्ट्रहितको रक्षाका लागि संघर्षमा उत्रिनुपरेको बताएका छन् ।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा बिपक्षी गठबन्धनले सम्पादकहरुसंग गरेको छलफलमा नेता नेपालले दुई पटक संसद विघटन, अध्यादेशबाट मुलुक सञ्चालन गर्न खोज्ने काम प्रधानमन्त्रीले गरेका कारण प्रधानमन्त्रीका असंवैधानकि कदमविरुद्ध संघर्षमा उत्रिनुपरेको बताए ।

उनले ओलीको अहंकारले संसद विघटन गरे पनि कोर्स करेक्सन गर्न सकिने जिकिर गरे ।

उनले भने, ‘गल्ती स्वीकार गरेर कोर्स करेक्सन गर्न तयार भए प्रधानमन्त्री ओलीलाई पनि स्वागत गर्छौँ ।’ उनले संविधान र लोकतन्त्र जोगाउन सकरात्मक सोच राख्ने सबैसँग सहकार्य हुने धारणा राखेका थिए ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ४ : २८ बजे

जलवायु परिवर्तनले फैलिँदै मलेरिया

लागोस– गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।

केन्यामा बाढीका कारण ३८ जनाको मृत्यु

केन्या– केन्यामा बाढीबाट कम्तीमा ३८ जनाको मृत्यु भएको र बाढीको

एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न नयाँ एप ल्याउने !

काठमाडौं–  धनाढ्य एलोन मस्कले युट्युबसँग प्रतिस्पर्धा गर्न अर्को एप लन्च

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौँ– जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक