दुग्ध ढुवानीलाई सहज बनाउन माग | Khabarhub Khabarhub

दुग्ध ढुवानीलाई सहज बनाउन माग


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल डेरी एसोसियसनले दूध तथा दुग्धजन्य पदार्थ ढुवानीका लागि सवारी साधनमा जोर बिजोर प्रणाली नराखी र बिना रोकतोक सञ्चालन गर्न पाउनुपर्ने माग राखेका छन् ।

एसोसियसनले यसअघि निषेधाज्ञामा तोकिएको समयभित्र बिना रोकतोक आवतजावत गर्न दिइएको थियो । तर असार ८ गतेबाट लागू गरिएको नियमअनुसार गाडीमा जोरबिजोर प्रणालीले दुग्धजन्य पदार्थ ढुवानीमा रोकतोक भई समस्या आएकाले सहजीकरण गरिदिन अनुरोध गरिएको छ ।

एसोसियसनले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘जुन बालकदेखि वृद्धासम्म, जन्मेदेखि मृत्युसम्म सबै समय सबैका लागि अनिवार्य नभइ नहुने अत्यावश्यक खाद्य पदार्थ ओसार पसार गर्ने ट्यांकर तथा बिक्री वितरण गर्ने डेलिभरी भ्यानलाई ढुवानीका क्रममा यस्तो महामारीका बेला ज्यानको बाजी लगाई काम गरिरहेका सवारी चालक र सेल्सम्यानलाई अनावश्यक जोरबोजोरको कारण देखाई सुरक्षा निकायबाट ठाँउ–ठाँउमा अवरोध भएकोले नियमित दूध संकलन, प्रशोधन र विक्रि वितरणमा गम्भीर असर परेको छ ।’

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ३ : ५३ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६