कुन उमेरका मानिसलाई कति निन्द्रा आवश्यक ? | Khabarhub Khabarhub

कुन उमेरका मानिसलाई कति निन्द्रा आवश्यक ?


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजन जतिकै शरीरलाई निन्द्रा आवश्यक पर्दछ । निन्द्राले शरीरमा भएको दिनभरको थकान, तनाव तथा आलस्यतालाई कम गर्दछ । यसकालागि मानिस निदाउन आवश्यक छ । तर कति उमेरको मानिस कति निदाउने त ?

अमेरिकास्थित नेसनल इन्स्टिच्युट अफ हेल्थ (एनआएएच)को तथ्य पत्रअनुसार व्यक्ति व्यक्तिमा निद्राको आवश्यकता फरक–फरक हुन सक्छ । यसकालागि निम्न सूचीले प्रष्ट्याउँछ ।

– नवजात शिशुलाई १६–१८ घन्टा सुत्नु पर्दछ ।
– स्कुल जानुअघिका बालबालिका ११–१२ घन्टा सुत्नु पर्दछ ।
– स्कुल जाने उमेरका बालबालिका न्यूनतम १० घन्टा सुत्नु पर्दछ ।
– किशोर उमेरमा व्यक्ति ९–१० घन्टा सुत्नु पर्दछ ।
– र वयस्कसँगै पाको उमेरका व्यक्ति ७–८ घन्टा निदाउन आवश्यक छ ।

यदि राती अबेलासम्म सहज रुपमा निन्द्रा नपरे यसकालागि केही उपाय अपनाउन सकिन्छ ।
– बढी मात्रामा पेय पदार्थको सेवन नगर्ने ।
– चिया, चुरोट, खैनी लगायतको सबै अम्मल त्याग्ने ।
– दिउँसो नसुत्ने, सुत्नैपरे टेबुलमा केही बेर आँखा चिम्म गरेर आराम मात्रै गर्ने ।
– सुत्नुभन्दा ३ घन्टा पहिले नै खाना खाने ।
– निद्रा नलागे ओछ्यानमा पल्टेर नबस्ने अन्य काममा ध्यान दिने ।
– आफूलाई सहज हुने आसनमै पल्टिएर निदाउन खोज्ने ।
– सम्भव भए सुत्नुअघि मनतातो पानीले नुहाउने ।
– सुत्ने समयमा टेलिभिजन, ठुलो आवाजमा संगीत सुन्ने, पढ्ने काम नगर्ने ।
– सुत्दा दिनभरको घटनाक्रम बिर्सने र अर्काे दिनबारे पनि नसोच्ने ।
– सुत्ने र उठ्ने समय एकै र नियमित पार्ने ।
– सुत्ने कोठा अँध्यारो र शान्त राख्ने ।
– नियमित रूपमा व्यायाम गर्ने वा हिड्ने बानी बसाउने । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ४ : ५९ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०