स्वस्थ रहन ५० प्राकृतिक नियम | Khabarhub Khabarhub

स्वस्थ रहन ५० प्राकृतिक नियम


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिस स्वस्थ्य हुनमा उसको जीवनशैली, खानपान तथा रहनसहन कारक रहन्छ । तर कतिपय अवस्थामा मानिस जान अन्जान आफ्नो स्वास्थ्यमाथि नै लापरबाहि गरिरहेको हुन्छ ।

अर्थात मानिस प्रकृतिसँग टाढा हुदैं प्रविधिसँग नजिकिदै जादाँ रोगको शिकार हुदैँ गएको छ । त्यसैले यो लेख मार्फत स्वस्थ्य रहने ५० प्राकृतिक उपाय र नियमबारे जानकारी दिदैछौं ।

जसको पालना गर्न सकेमा निरोगी जीवन जिउन सकिन्छ ।

– बिहान सुर्योदय पूर्व अर्थात घाम उदाउनु भन्दा पहिले जाग्ने ।
– निद्रा खुले लगत्तै आँखा खोल्नुपूर्व दिनभर सकारात्मक भएर बिताउँछु भन्ने संकल्प गर्ने ।
– आँखा नखोली दायाँ कोल्टे हुदैँ उठ्ने र आँखा नखोली पँलेटी कसेर १० मिनेट बस्ने ।
– दिसापिसाब जानु अघि राति तामाको भाडामा राखेको पानी २ गिलाससम्म पिउने ।
– दिसा गर्न निश्चित १० मिनेट मात्र छुट्याउने । साथै दिसा गर्दा जोड वा बल नगर्ने ।
– दिनभर जुनबेलामा पनि दिसा वा पिसाब लाग्नासाथ तुरुन्तै गर्ने, नरोक्ने ।
– दाँत माझ्न नरम ब्रसको प्रयोग गर्ने र हलुका तलमाथि र घुमाएर ब्रस गर्ने
– नियमित नुहाउने बानी बसाउने । र नुहाएको १ घण्टासम्म खाना नखाने ।
– नुहाउँदा शरिरमा खस्रो सुतीको कपडाले घर्षण गर्दै नुहाउने ।
– समय र मौसम अनुकूल हुदाँ बिहान बेलुका १५ मिनेट थोरै कपडामा घाम ताप्ने ।
– बिहान सधै हिड्ने, व्यायाम गर्ने वा योगाशन, प्राणायाम, ध्यान गर्ने ।
– खाना खादाँ भोक लागेको बेलामा चाहिने मात्र खाने ।
– खाना खादाँ हरेक गाँस ३० पटकसम्म चपाएर मात्र निल्ने ।
– दैनिक साना शरिर भएकाले ३ लिटर ठुलो शरिर भएाले ४ लिटर पानी पिउने ।
– खाना खानुभन्दा पहिले १–२ घन्टा पहिले र खाएको १ घन्टापछि मात्र पानी पिउने ।
– तारेको, भुटेको वा बासि खानेकुरा खानबाट बच्ने ।
– प्याकेट बन्द खाना, सिसिका अचार अत्यन्त बोसोयुक्त खाना कम खाने ।
– चिल्लो, पिरो, मसलेदार र ओजिना हालेको खानेकुरा नखाने ।
– रंग हालेको, बिसादी झर्केको तरकारी खानबाट जोगिने ।
– बिहानको खानामा चोक्कर भएको गहुँको रोटी वा नफलेको चामलको भोजन गर्ने ।
– खानामा अनिवार्य दाल र सागसहित २/३ किसिमको तरकारी खाने ।
– दालमा अंकुरण भएको मुंग, चना वा गेडागुडीको दाल खाने ।
– खानामा अनिवार्य सलाद (गाँजर, मुला, काँक्रा, बन्दा, गोलभेंडा, धनियाँ/पुदिना) खाने ।
– दिउँसोको खाजामा फलको रस, फलफूल वा सलाद खाने ।
– तरकारी होस् वा फलफूल खादाँ केवल मौसम अनुसारको मात्र खाने, बेमौसमी नखाने ।
– बेलुकाको खाना रोटी/भात २० प्रतिशत र तरकारीको मात्रा ८० प्रतिशत बनाउने ।
– खानामा मैदाको सट्टा चोक्कर र चिनीको विकल्पमा सख्खरको प्रयोग गर्ने ।
– भावनात्मक आवेग रिस, दुःख, तनाव, पिर शान्त भएपछि मात्र खाना खाने ।
– खाना खादाँ प्रशन्न मुद्रा, शान्त, खुसी मनले मात्र खाने ।
– राती निदाउने समय ३ घण्टा अगावै खाने ।
– राती सूत्दा साधारण सुतीको हलुका र लुज सफा कपडा लगाउने ।
– जाडोमा पनि सुतीको कपडामाथि मात्र उनी कपडा लगाउने ।
– सुत्दा कपाल बाधेको, पेटी र पटुका खोलेर सुत्ने ।
– सुत्न नरम गद्दा वा डसनाको सट्टा कडा बिस्तारा, खाटको प्रयोग गर्ने ।
– सुत्ने सिरानी होचो राख्ने ।
– खाना खाने स्थान शान्त, सफा र रेडियो टेलिभिजन भन्दा टाढा हुनु पर्दछ ।
– खाना खाएको आधा घण्टासम्म घर आसपासमा नै टहल्ने ।
– कुनै पनि काम लगातार ३ घण्टा गरेपछि अनिवार्य आराम गर्ने र आखा झिमझिम पार्ने ।
– कम्प्युटर वा टेबुल वर्क गर्नेले हरेक घण्टा शरीर तन्काउने र आँखा चिसो पानीले धुने ।
– यस्ता काममा बस्दा ढाडलाई सिधा राख्ने ।
– दैनिक २/३ पटकसम्म खुलेर हास्ने । यसले तनाब हट्नुका साथै शक्ति सञ्चार हुन्छ ।
– काममा कोहिसँग रिसराग, झर्कने वा फोहोरी नबोल्ने । यसले मन विचलित बनाउँछ ।
– सकेसम्म टाइट नहुने र हिल नभएको जुत्ता मात्र लगाउने ।
– दिउँसो सुत्ने बानी त्याग्ने । सम्भव नभएपनि दिउँसोको निन्द्रा ३० मिनेटमा सिमित पार्ने ।
– सधैं सकारात्मक चिन्तन गर्ने, आशावादी बन्ने, प्रेम र सहयोग गर्ने बानी बसाउने ।
– फुर्सदमा साहित्य, दर्शन, स्वास्थ्य–सम्बन्धी सामग्री वा रूची भएको विषय पढ्ने ।
– बेलाबेलामा सुमधुर सँगीत सुन्ने र सकेसम्म समयको सदुपयोग प्रगतिशील कार्यमा गर्ने ।
– उभिएर खाना पकाउँदा एउटा खुट्टा मुढा वा इँटामा र अर्को भुइँमा राख्ने र बदलिरहने ।
– घरका कोठा घाम छिर्ने, खुला, हावा आवत–जावत गर्ने र सफा वातावरणको बनाउने ।
– सुत्नु अघि तामाको भाडाँमा पानी राखेर अनिवार्य राति १० बजेभित्र उत्तानो परेर सुत्ने । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ४ : ४५ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका