‘फेक आइडी’ बनाएर अश्लिल शब्द पठाएको आरोपमा एक जना पक्राउ | Khabarhub Khabarhub

‘फेक आइडी’ बनाएर अश्लिल शब्द पठाएको आरोपमा एक जना पक्राउ


१० असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- सामाजिक सञ्जाल फेसबुक र टिकटकमा ‘फेक आइडी’ बनाएर  महिलालाई अश्लिल शब्द पठाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका –१५ का १९ वर्षीय डेबिट पुन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी मुकुन्द रिजालका अनुसार पुनले महिलालाई अश्लिल शब्द पठाउने र पोष्ट गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।

पुनविरुद्ध दुई जना महिलाले उजुरी दिएका थिए। अश्लिल शब्द लेख्ने र पोष्ट गर्ने पुनलाई सम्झाउन खोज्दा उल्टै महिलामाथि पुनले हातपात तथा दुर्व्यवहार गरेको पीडितले जाहेरीमा उल्लेख गरेका छन् ।

पुनलाई असार ६ गते पक्राउ गरी ‘अभद्र ब्यवहार’ कसुरमा मुद्दा चलाई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार  ९ : १५ बजे

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

दोहा – रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन

अन्तरिक्ष यात्रामा जाँदै सुनिता विलियम्स

काठमाडौं । भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स तेस्रो

पूर्व सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा हेर्दाहेर्दैमा राखिएको छ ।

बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य

हेटौंडा- बागमती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको