निषेधाज्ञाको मौका छोपी वन तस्कर सल्बलाए | Khabarhub Khabarhub

निषेधाज्ञाको मौका छोपी वन तस्कर सल्बलाए


१० जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड­ १९) सङ्क्रमणका कारण चारैतिर निषेधाज्ञाले आवागमन पातलिएपछि सर्लाहीका वनहरुमा तस्कर र शिकारीको बिगबिगी बढेको छ । जिल्लाको वनक्षेत्रमा वन तस्कर र शिकारीले निषेधाज्ञाको मौका छोपी तस्करी सिकारी बढाएका छन् ।

जिल्लाको लालबन्दी, इश्वरपुर, हरिपुर्वा र वरथवा नगरपालिका क्षेत्रमा पर्ने वनमा केही दिनदेखि तस्कर र शिकारीको चहलपहल बढेको वनक्षेत्र नजीकका बासिन्दाले बताएका छन् । जिल्लामा गत वैशाख २५ गतेदेखि जारी निषेधाज्ञाको अवधि यही जेठ १० गतेसम्मलाई बढाइएको छ । निषेधाज्ञाको मौका छोपी वन क्षेत्रमा तस्कर र शिकारीले जङ्गली जनावर र वनजन्य पदार्थको चोरी शिकारी गर्ने गरेको बताइएको छ ।

सर्लाही र महोत्तरीको सीमाक्षेत्रका जङ्गलमा नीलगाई, बँदेल, हरिण, मृग र दुम्सीसहितका वन्यजन्तु तथा वनकुखुरा (लुइँचे) र कालिजसहितका पक्षी बाक्लै पाइन्छ । दिनहुँ बँदेल, हरिण, मृग, दुम्सी, निल गाईलगायत वन्यजन्तुको शिकार हुने गरेको वनसँगै जोडिएको बस्तीका बासिन्दाको भनाइ छ । वैशाख ३० गते साँझ शिकारीले निल गाई मारी छाला काड्दै गर्दाको अवस्थामा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको थियो ।

इश्वरपुर नगरपालिका­४ सागरनाथ वन क्षेत्रबाट हतियारसहित वन पसेका शिकारीको प्रदेश नं.२ ०२ ०३२ प २५२२ नम्बरको मोटरसाईकल र बिआर ३० यु ४६७७ नम्बरको भारतीय नम्बरका दुईवटा मोटरसाइकलसहित तीन नाल भरुवा बन्दुक, त्यसमा लाग्ने फलामको बारुद इलाका प्रहरी कार्यालय केशरगन्ज, बयालवास र प्रहरी चौकी फुलजोरको प्रहरी टोलीले बरामद गरेको थियो । सो क्रममा शिकारका लागि वन पसेका शिकारी र प्रहरीबीच दोहोरो गोली हानाहान समेत भएको इलाका प्रहरी कार्यालय केशरगन्ज, बयालवासका प्रहरी प्रमुख प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले बताउनुभयो । उहाँका अनुसार त्यस क्रममा शिकारीले तीन राउण्ड हवाई फायर गरेको र जवाफमा प्रहरीले दुई राउण्ड हवाई फायर भएको थियो ।

प्रहरीले फायर गरेपछि शिकारीहरुले भरुवा बन्दुक छोडेर भागेका भएपनि इश्वरपुर नगरपालिका­४ का शिकारी रणबहादुर गोलेलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक खोजतलास र थप अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए । शिकार गर्न गएका चारमध्ये बाँकी तीनजना भाग्न सफल भएको र उनीहरुको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।

निषेधाज्ञा घोषणापछि वनमा शिकारी र काठ तस्कर नपसेको डिभिजन वन कार्यालयको दाबी छ । पछिल्ला दिनहरुमा वनका कुनै रूख नकाटिएको र वन्यजन्तुको विचरण पनि राम्रो रहेको सव­डिभिजन वन कार्यालय लालबन्दीका प्रमुख उज्वलकुमार यादवले बताए ।

प्रकाशित मिति : १० जेठ २०७८, सोमबार  १ : ५५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०