जनकपुरमा गुडिरहेको गाडीमा अचानक आगलागी | Khabarhub Khabarhub

जनकपुरमा गुडिरहेको गाडीमा अचानक आगलागी


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुरधाममा गुडिरहेको गाडीमा अचानक आगलागी भएको छ ।

शनिबार साँझ करिब पौने ७ बजे जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि गुडिरहेको हायस गाडीमा अचानक आगो लागेको हो ।

गुडिरहेको गाडीमा अचानक आगलागी हुँदा मानवीय क्षति हुनबाट जोगिए पनि गाडी भने पूर्ण रुपमा जलेको छ । गाडीमा आगलागी भएको १५ मिनेटपश्चात् आगो नियन्त्रणमा आइसकेको छ ।

क्षतिग्रस्त गाडीको नम्बर भने अहिले खुल्न सकेको छैन । जनकपुरधामबाट काठमाण्डौसम्म चल्ने उक्त गाडीमा आगलागीका बेला यात्रु समेत रहेको बताइएको छ । तर, यात्रुहरु बेलैमा गाडीबाट ओर्लेका कारण उनीहरु सुरक्षित छन् ।

घटनास्थलमा प्रहरी टोली पुगिसकेको र विस्तृत आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  १० : १० बजे

इजराइल आक्रमणपछि इरानले गर्‍यो आणविक केन्द्र बन्द

संयुक्त राष्ट्रसङ्इ– रानले सप्ताहन्त्तमा इजराइलमाथि ठूलो मात्रामा ड्रोन र मिसाइल

चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ

सुनसरी– इटहरी उपमहानगरपालिका-४ स्थित मुक्तिघाटमा दाउराको हार मिलाउने र शव

आप्रवासी स्रोत केन्द्र प्रभावकारी बन्दै

म्याग्दी– रोजगारीका लागि होटलमा काम गर्न सात वर्षअघि युएई गएका

शिवम् सिमेन्टले बिक्री गर्‍यो १३ करोड ३१ लाख बोरा सिमेन्ट

काठमाडौं– शिवम् सिमेन्टले १३ करोड ३१ लाख बोरा ओपीसी सिमेन्ट

नमेटिने घाउमा माधवकुमार नेपालको अभिनय

काठमाडौं– एसिड आक्रमणबाट पीडित बनेकाहरुको कथामा आधारित फिल्म ‘नमेटिने घाउ’मा