नेपालगञ्जमा मेडिकल टिम पठाइदिन सरकारसँग आग्रह | Khabarhub Khabarhub

नेपालगञ्जमा मेडिकल टिम पठाइदिन सरकारसँग आग्रह


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेले नेपालगञ्जमा मेडिकल टिम पठाइदिन स्वास्थ्य मन्त्रालयसँग आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले लक्षण भएका र अस्पतालमा भर्ना भइ उपचार गर्नुपर्ने कोरोनाका बिरामीको चाप बढ्दो रहेकाले भेरी अस्पताल र मेडिकल कलेज कोहलपुरमा कार्यरत मौजुदा जनशक्तिबाट प्रभावकारी उपचार व्यवस्थापन गर्न गाह्रो परेकाले केही समयका लागि केन्द्रबाट चिकित्सकको टोली (मेडिकल टिम) उपलब्ध गराइदिन नेपाल सरकार, स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरिएको बताए ।

नेपालगञ्जको भेरी र कोहलपुर मेडिकल कलेजमा बेड विस्तार गरेर दुई–दुई सयको बनाउने तयारी भएको छ ।

बेड विस्तार गर्दा चाहिने अक्सिजनसहितको सुविधा, आइसोलेसन सेन्टर स्थापना, आवश्यक जनशक्ति व्यवस्थापनलगायतका लागि संघमा १० करोड र प्रदेश सरकारसँग ५ करोड रुपैयाँ माग गरिएको छ। बाँकेका पालिकालाई पनि आर्थिक सहयोग गर्न अनुरोध गरिएको छ ।

नेपालगञ्ज उपमहानगरलाई ३ लाख, कोहलपुर नगरलाई २ लाख र अरू ६ वटा पालिकालाई एक–एक लाख सहयोग गर्न अनुरोध गरिएको छ ।

यसैबीच, कोहलपुर नगरपालिकाले पनि आइतबारदेखि लकडाउन गर्ने निर्णय गरेको छ। कोहलपुरमा पनि दैनिक संक्रमितको संख्या बढ्दो छ । कुनै पनि पालिकाले संक्रमितको संख्या दुई सय नाघेपछि व्यवस्थापनका लागि उचित कदम चाल्न सक्छ ।

कोहलपुरमा बिरामीको संख्या दुई सय नाघिसकेको छ ।

यसैगरी, भेरी अस्पताल, नेपालगञ्जमा ५५ वर्षीया महिलाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगर–१२ की ती महिलाको शनिबार बिहान मृत्यु भएको हो । योसँगै बाँकेमा मृत्यु हुनेको संख्या ७७ पुगेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ८ : २४ बजे

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको