यस्तो छ प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्ने धरहरा (फोटोफिचर) | Khabarhub Khabarhub

यस्तो छ प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्ने धरहरा (फोटोफिचर)


११ बैशाख २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज २२ तले नयाँ धरहरा उद्घाटन गर्दैछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सुन्धारास्थित धरहरा परिषरमा हुने विशेष कार्यक्रमकाबीच बिहान ११ बजे २२ तले धरहराको उद्घाटन गर्नेछन् ।

उद्घाटनका लागि तयारी पूरा भएको र मुल धरहरा निर्माणको काम पनि लगभग सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

धरहराको टुप्पोमा गत आइतबार गजूर राखिएपछि रङरोगनको काम  भएका छन्  ।

२०७२ वैशाख १२ को भूकम्पका कारण क्षतिग्रस्त भएको ९ तले धरहराको बेसलाई संरक्षण गरि २२ तलाको नयाँ धरहरा बनाइएको हो।

करिब तीन अर्ब ४८ करोडको लागतमा निर्माण भइरहेको धरहराको पूरा क्षेत्र ४२.२ रोपनीमा फैलिएको छ ।

उद्घाटन आज भए पनि आमनागरिकका लागि भने आगामी माघमा मात्र धरहरा खुला हुनेछ । प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरका अनुसार आममानिस चढ्न पाउने गरी तयारी गर्न र धरहरा परिसरको सजावट पूरा गर्न अब ९ महिना लाग्नेछ ।

‘निर्माण कम्पनी र प्राधिकरणबीच २०७८ पुस १० गतेसम्म सम्पूर्ण काम सम्पन्न गर्ने सम्झौता भएको छ,’ उनले भने, ‘त्यसको करिब एक महिनापछि सर्वसाधारणका लागि धरहराको प्रवेशद्वार खुला गरिनेछ ।’

उनका अनुसार निर्माण कम्पनीले काम सम्पन्न गरेर प्राधिकरणलाई हस्तान्तरण गरेपछि मात्र सर्वसाधारणका लागि कार्यविधि बन्नेछ ।

कार्यविधिमा सर्वसाधारणले पालना गर्नुपर्ने मापदण्ड र नियम समावेश हुनेछ । कार्यविधि सरकारबाट स्वीकृत भएपछि धरहरा लागि खुला हुनेछ ।

हाल संग्रहालय निर्माणको काम भइरहेको छ । खिचापोखरीबाट टुँडिखेलसम्म बाटो निर्माण र पार्किङको काम ६० प्रतिशत सम्पन्न भएको जनाइएको छ ।

धरहरामा भर्‍याङसँगै लिफ्ट पनि राखिएको छ । दुई वटा लिफ्टमध्ये एउटा सञ्चालनमा आएको छ । अर्को लिफ्ट राख्ने काम हुँदैछ । एउटा लिफ्टमा एक पटकमा १० जना उभिन मिल्छ । धरहराको संरचना अपाङ्गमैत्री छ ।

प्रधानमन्त्री भीमसेन थापाले १८८२ सालमा महारानी त्रिपुरासुन्दरीको सम्झनामा ११ तलाको धरहरा निर्माण गराएका थिए । १९९० सालको भूकम्पले उक्त धराहरा भत्काएपछि ९ तलाको अर्को धरहरा गरिएको थियो ।

त्यस्तै २०७२ सालको भूकम्पले धरहरा फेरि तहसनहस भयो । निकै लामो छलफल र तयारी पछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नयाँ धरहरा निर्माणको जिम्मा पाएको थियो ।

तस्वीरहरू : रासस

 

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ७ : ३१ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका