ऐतिहासिक महत्वको धार्मिक स्थल : हलेसी धाम (फोटो फिचर) | Khabarhub Khabarhub

ऐतिहासिक महत्वको धार्मिक स्थल : हलेसी धाम (फोटो फिचर)



खोटाङ– मनोरम प्राकृतिक छटाले भरिपूर्ण स्थान हो खोटाङको हलेसी मन्दिर । अनौठा र आकर्षक प्राकृतिक आकृतिका चट्टानले झकिझकाउ ‘हलेसी गुफा’ को बेग्लै धार्मिक मान्यता छ । हलेसी मन्दिरलाई पूर्वी नेपालको पशुपतिनाथ भनेर चिनिन्छ ।

 

समुद्री सतहदेखि ४ हजार ७ सय ३६ फिटको उचाइमा रहेको हलेसीको तीर्थयात्रा धार्मिक पर्यटनको प्रमुख गन्तव्यका रुपमा लिइन्छ । गुराँसे, तुवाचुङ जायजुम मलाथुम्की र रूपाकोट डाँडा जस्ता सदाबहार डाँडाको काखमा हलेसी अवस्थित छ ।

‘हलेसी गुफा’को प्राकृतिक भू–बनोटको संरचनासमेत विश्वमै अनौठो मानिन्छ । हलेसी महादेवलाई हिन्दू धर्मावलम्बीले पूर्वको पशुपति, बौद्धमार्गीले दोस्रो लुम्बिनी अथवा मरातिक गुफा र किराँत धर्मावलम्बीले आदिम भूमिका रूपमा लिन्छन् ।

 

हिन्दू धार्मिक किम्वदन्तीअनुसार सत्य युगमा महादेव भाङ–धतुराले मातेर अर्धचेत भएको अवस्थामा भष्मासुर नाम गरेको राक्षसले ‘मैले जसको टाउकोमा हात राख्छु, त्यो जलेर भष्म होस’ भन्ने वरदान मागेका थिए ।

भाङमा लठ्ठ महादेवले पनि विचारै नगरी ‘तथास्तु’ भनेर बरदान दिए । तर, पछि वरदान पाएपछि भष्मासुर ले महादेवकै टाउकामा हात राख्न खोज्यो । भष्म हुने डरले महादेव भाग्दै जाँदा हलेसीको यसै डाँडालाई फोडेर चट्टानभित्र प्रवेश गरे र त्यहीँ अलप भएको किम्बदन्ती छ ।

यस्तै बौद्ध धर्मानुसार यस भूमिमा सयौँ वर्षअघि महान बौद्धगुरु पद्मसम्भवले वर्षौं तपस्या गरी बुद्धत्व प्राप्त गरेको पवित्र भूमि हो । बौद्व धर्मावलम्बीहरू यस गुफालाई मरातिक गुफा नाममा एक पवित्र स्थान मान्दै आएका छन् ।

यता ऐतिहासिक कालमा किरातहरूका पूर्वज खोक्चिलीप्पा, रैछाकुले, हेच्छाकुप्पा हलेसी गुफामा बसेको किंम्वदन्तीमा उल्लेख भएको पाइन्छ । बर्सेनी किरातको चाड उभौली–उधौलीको अवसरमा खोटाङ, भोजपुर, उदयपुर, ओखलढुंगा, सोलुखम्बु लगायतका किराती भेला भई आफ्ना पितृलाई पूज्ने गर्छन् ।

हलेसी महादेवको दर्शन गरेमा खडेरीबाट मुक्ति पाउने, दुःखबाट मुक्ति पाउने, सन्तान लाभ हुने, पदोन्नति हुने, निरोगी हुने जनविश्वास छ । तीन वटै धर्मवालम्बीको आस्थाको त्रिवेणी बनेको हलेसी महादेवको दर्शन गरेमा दुःखबाट पार पाइने र निःसन्तानको काख भरिने जनविश्वास छ ।

बसाहा, हलेसी र भैरव गरी तीन वटा गुफा रहेको मन्दिरमा महाशिवरात्री, रामनवमी र बालाचतुर्दशीमा मेला लाग्छ । अन्य समयमा शनिबार बिहान दर्शनार्थीको घुइँचो हुन्छ । धार्मीक पर्यटनको गन्तव्य हलेसी प्राकृतिक दृश्यावलोकनका लागि पनि प्रख्यात छ ।

सडक सञ्जालले जोडिएपछि आन्तरिक पर्यटक जाने क्रम बढेको छ । छिमेकी देश भारत र चीनबाट समेत भक्तजन आउँछन् ।

यो वर्ष भने कोरोना कहरले हलेसी महादेवको दर्शन गर्न जानेको संख्या घटेको छ । कोरोनाकै कारण रामनवमी पर्वमा पनि श्रद्धालु भक्तजन कममात्र मन्दिरको दर्शन गर्न पुगेका थिए।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ९ : ०१ बजे

अध्ययन भन्छ- राति सुत्ने बेलामा भित्री वस्त्र नलगाउनुस्

प्रायः महिलाहरू राती भित्री वस्त्र लगाएर सुत्छन्। तर सामान्यतया रातमा

दिल्लीको लगातार दोस्रो हार : राजस्थान १२ रनले विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार