डडेल्धुरा प्रशासनद्वारा स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह | Khabarhub Khabarhub

डडेल्धुरा प्रशासनद्वारा स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– जिल्ला प्रशासन कार्यालय डडेल्धुराले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रशासनले सूचना प्रकाशित गर्दै कोरोना भाइरसको जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो।

फागु पूर्णिमा होलीमा भीडभाड नगर्न र कोभिड–१९ को संक्रमण बढ्न नदिन सेनिटाइजर, मास्क र सामाजिक दूरी कायम गरी स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरिएको डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिएका छन्।

उनले मास्क नलगाउनेहरूलाई संक्रमण रोग ऐन बमोजिम कारबाही गरिने बताएका छन्।

छिमेकी मुलुक भारतका विभिन्न राज्यमा कोरोना संक्रमणदर तीव्र रूपमा फैलिन थालेपछि नेपालमा पनि जोखिम बढेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ५ : ०१ बजे

गोरखा भूकम्पको ९ वर्ष : बारपाककाे स्वरुप फेरियो (तस्बिरहरु)

गोरखा– २०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर

चीनमा ठूलो बाढी, एक लाख मानिसलाई स्थानान्तरण

बेइजिङ– दक्षिण चीनमा भारी वर्षा र बाढीका कारण एक लाखभन्दा

जङ्गलको डढेलो बस्तीमा पस्दा पाँच घर नष्ट

सोलुखुम्बु– सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा

स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू

झापाको झिलझिलेमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

झापा– झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन