महाधिवेशको तयारी गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक | Khabarhub Khabarhub

महाधिवेशको तयारी गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

बैठक आगामी चैत २० गते बस्‍नेछ। पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठकको सहमतिअनुसार बैठक बोलाएका हुन्।

सोमबार सानेपामा बसेको पार्टीका पदाधिकारी तथा वरिष्ठ नेता सहभागी बैठकमा केन्द्रीय समिति बोलाउने सहमति भएको थियो। त्यही सहमतिअनुसार बैठक डाकिएको पार्टी प्रवक्ता विश्‍वप्रकाश शर्माले बताए।

बैठकमा महाधिवेशनको तयारीलगायत समसामयिक विषयमा छलफल हुने प्रवक्ता शर्माले बताए।

पार्टीको महाधिवेशन आगामी भदौमा गर्ने निर्णय भए पनि क्रियाशील सदस्यता वितरण र नवीकरणको विवाद टुंगिएको छैन। क्रियाशील सदस्यता वितरण र नवीकरणमा भइरहेको ढिलाइबारे छलफल गरेर यसलाई प्रभावकारी बनाउने रणनीतिअनुसार बैठक बोलाइएको हो।

कांग्रेसको देशभर १० लाख क्रियाशिल सदस्य रहेको अनुमान गरिए पनि चार लाख मात्र अद्यावधिक भएको छ। थुप्रै जिल्लाबाट क्रियाशील सदस्यताको प्रतिवेदन आइसकेको छैन। अबको बैठकमा क्रियाशील सदस्यता बुझाउने कार्यतालिका संशोधन गरिने संभावना छ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ३ : १६ बजे

शिक्षा मन्त्रालयका बीस कर्मचारीलाई सोधियाे स्पष्टीकरण

काठमाडौं– हाजिर गरी बिना जानकारी कार्यालयबाट बाहिर गएको सम्बन्धमा शिक्षा,

हिरासत छल्न अस्पताल बस्ने प्रवत्तिबारे गृहमन्त्रीले गरे मेडिकल काउन्सिलका प्रतिनिधिसँग छलफल

काठमाडौं– प्रहरीले नियन्त्रणमा लिएपछि हिरासतमा बस्नुपर्ने व्यक्ति अस्पताल जाने प्रवृत्तिबारे

पानीमा डुबेर एक युवकको मृत्यु 

दैलेख– भैरवी गाउँपालिका –३ स्थित छामघाट खोलामा नुहाउन गएका एक

अपहरित नाइजेरियाली बालबालिका अभिभावकसँग पुनर्मिलन

कडुना– दुई हप्ताभन्दा बढी समय अपहरणमा परेर सेनाको सहयोगमा मुक्त

इलाम-२ का प्रारम्भिक उम्मेदवारसँग रास्वपाको छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते हुने