कांग्रेस नेतृ प्रसाईको निधन | Khabarhub Khabarhub

कांग्रेस नेतृ प्रसाईको निधन


११ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- नेपाली कांग्रेसकी वयोवृद्धा नेतृ गिरिराजकुमारी प्रसाईको निधन भएको छ । ९० वर्षको उमेरमा उनको झापाको विर्तामोडस्थित वीएण्डसी अस्पतालमा निधन भएको हो ।

स्व. प्रसाई नेपाली कांग्रेसका पहिलो पुस्ताका नेता सीके प्रसाईकी पत्नी हुन् भने सीके विपी कोईरालाका सहकर्मी हुन् । श्रीमानको निधन पछि गिरिराजकुमारी आँफै पनि राजनीतिमा सक्रियता पूर्वक लागेकी थिईन् ।

उनी २०५१ सालको संसदीय निर्वाचनमा तत्कालिन झापा क्षेत्र नं. २ मा तत्कालिन नेकपा एमालेका नेता केपी शर्मा ओलीसँग पराजित भएकी थिईन् । उनको जन्म वि.सं. १९८८ कातिर्कमा ललितपुरमा भएको नेपाली कांग्रेसले जनाएको छ ।

नेतृ प्रसाईको निधन प्रति कांग्रेसका नेताहरुले शोक व्यक्त गरेका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटमा लेखेका छन्, ‘चैत ७ गते विर्तामोडको अस्पतालमा स्वास्थलाभ कामना गरिरहँदा कल्पना गरेको थिइन त्यो भेट अन्तिम हुनेछ । सीके प्रसाईंलाई एक सफल प्रसिद्ध बौद्धिक चिन्तक बन्न गिरिराजकुमारी प्रसाईंको योगदान जीवन साथिका रूपमा सबैभन्दा महत्त्वपूर्ण रह्यो, उनै ज्ञानु मुवाप्रति हार्दिक श्रद्धाञ्जली ।’

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  १ : ०६ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको