कम्युनिस्ट पार्टी पुनर्संरचना गर्न माधव-प्रचण्ड सहकार्य « Khabarhub
Logo
९ कार्तिक २०७८, मंगलबार

कम्युनिस्ट पार्टी पुनर्संरचना गर्न माधव-प्रचण्ड सहकार्य



प्रधानमन्त्री केपी शर्मा ओली अरूलाई गाली गर्न माहिर छन् । उनले गरेका गालीको हिसाब छैन ।

चुनावका बेला नेपाली कांग्रेसलाई गरेको गाली र मिथ्या आरोपहरू सम्झिदा उनी ‘गाली शिरोमणि’ जस्तै बनेका थिए । चुनाव जितेपछि क्रमशः आफ्नै पार्टीका सहकर्मी विरुद्ध गाली बर्साउन थाले । प्रतिपक्षले गर्न नसकेको गाली सत्तापक्षकै सहयात्रीहरूलाई गर्ने ।

ओलीको गालीको तमासा उनकै कम्युनिस्ट पार्टी फुटको गतिलो अस्त्र बन्यो । सत्तापक्षभित्र रडाको मच्चिन थाल्यो । उनको गालीका कारण पार्टीभित्रको अर्को समूहले पनि उस्तै शैली अनुशरण गर्न पुग्यो तर ओली जतिको गाली वर्षा गर्ने क्षमता अर्को पक्षमा थिएन, छैन । ओलीका गाली अरिङ्गालहरू पार्टीका तहतहमा फैलिँदै गए ।

२०७४ साल फागुन ३ गते सरकार गठन हुने वित्तिकै ओलीले आफू निकटका कार्यकर्तालाई अरिङ्गाल बनेर उत्रन जब आदेश दिए, त्यसपछि अनेक क्षेत्रमा ओलीका कार्यकर्ता गालीको मैदानमा उत्रिए ।

माओवादी केन्द्र अलग भइसकेको छ । नेपाल पक्ष पनि पुनर्स्थापित एमालेबाट छुट्टिने कसरतमा लागेको छ । अहिले फुट्ने तयारी अवस्थामा रहेको एमालेभित्र ओली प्रवृत्तिको डटेर विरोध भइरहेको छ । यो तमासा निम्त्याउने ओली नै मुख्य तत्त्व हुन् ।

कांग्रेस सेलाउँदै गएपछि सत्तारूढ दलभित्र असहमत राख्ने समूहमाथि सत्तारूढबाटै गाली बर्सिन थाल्यो । साविकको सत्तारूढ नेकपाका प्रचण्ड र माधव नेपालमाथि जाइलागेको गाली अस्त्र वार कि पारको अवस्थामा आयो ।

फलस्वरूप माओवादी केन्द्र अलग भइसकेको छ । नेपाल पक्ष पनि पुनर्स्थापित एमालेबाट छुट्टिने कसरतमा लागेको छ । अहिले फुट्ने तयारी अवस्थामा रहेको एमालेभित्र ओली प्रवृत्तिको डटेर विरोध भइरहेको छ । यो तमासा निम्त्याउने ओली नै मुख्य तत्त्व हुन् ।

एमाले र मार्क्सवाद

ओलीले पार्टीको सिद्धान्त र मूल्यमान्यताभित्र रहेर राजनीति गरे वा गरेनन्, यसतर्फ केही विवेचना गरौँ । एमालेको मूलभूत सिद्धान्त मार्क्सवाद हो । कागजीरूपमा मार्क्सवाद भए पनि यो पार्टीले कसरी अराजकता पछ्यायो भन्ने प्रश्न गम्भीर छ । ओली अध्यक्ष पदमा निर्वाचित भएपछि एमालेमा सैद्धान्तिक विचलनमा आयो । यो विचलनले पार्टीभित्र विद्रोह जन्मायो ।

मार्क्सवादका प्रतिपादक तथा वैज्ञानिक साम्यवादका सिद्धान्तकार कार्ल मार्क्सको जन्म ५ मे ५ १८१८ मा जर्मनीको ट्रियर शहरमा भएको थियो । मार्क्सले फ्रेडरिक एंगेल्सको सहयोगमा कम्युनिस्ट लिगकोतर्फबाट सन् १८४८ फेब्रुअरी १२ मा कम्युनिस्ट घोषणापत्र जारी गरेका थिए । त्यसपछि कम्युनिस्ट घोषणापत्र विश्व सर्वहारा वर्गको मुक्तिको लागि फैलिएको थियो ।

मार्क्सको सिद्धान्त र मार्गदर्शन कम्युनिस्टको गोरेटो बन्यो । मार्क्सवाद र मार्क्सवादी दर्शनका रूपमा वैज्ञानिक ढङ्गले स्थापित हुन पुग्यो । दर्शनका क्षेत्रमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद मार्क्सवादको दर्शन बन्न पुग्यो ।

आर्थिक क्रान्तिका आधुनिक सिद्धान्तकारका जन्मदाता मार्क्सका सिद्धान्तलाई पुँजीवादका अनुयायीहरूले पनि पछ्याइरहेका छन् । नेपालमा यसको सिद्धान्तप्रति कुनै मतलब छैन ।

कार्ल मार्क्सको जन्म भएको २०३ वर्ष पूरा हुँदैछ । मार्क्सवादको उदय भएको १७० वर्ष पूरा भएर यसको सिद्धान्तमा हिँडेको एमालेले पनि नेपालमा कम्युनिस्ट राजनीतिको ७२ वर्ष पार गरिसकेको छ ।

यो अवधिमा मार्क्सवादले क्रान्तिकारी मार्क्सवाद र संशोधनवादका बीचको भीषण संघर्षले संसारका कम्युनिस्टलाई दुईतिर विभाजन गरिदियो । नेपाल पनि त्यसबाट अछुत रहन सकेन । फलस्वरूप नेपालका कम्युनिस्टहरू जुट्ने र टुक्रने क्रम शुरू भयो । आजसम्म यो क्रम चलिरहेको छ ।

नेपालमा आमसर्वसाधारणबाट एमालेलाई ‘एमाले’ शब्दका रूपमा लिने गरिएको छ । यसको पूरा रूप ‘एकीकृत मार्क्सवादी लेनिनवादी’ सँग सबै परिचित छैनन् । मार्क्सवादका सिद्धान्त पछ्याएर एमालेले राजनीति गरेको उदाहरण अहिलेसम्म छैन ।

आर्थिक क्रान्तिका आधुनिक सिद्धान्तकारका जन्मदाता मार्क्सका सिद्धान्तलाई पुँजीवादका अनुयायीहरूले पनि पछ्याइरहेका छन् । नेपालमा यसको सिद्धान्तप्रति कुनै मतलब छैन ।

सिद्धान्तबाट नभई पदका हानथापबाट नेपालका कम्युनिस्ट फुट्ने र जुट्ने गरेका छन् । पछिल्लो पटक ओलीले यसलाई झन मलजल गरिदिए । अहिले कम्युनिस्टको शत्रु कम्युनिस्ट नै भएको घोषित कार्यक्रम तय गरेर नेपालका कम्युनिस्ट चुनावमा होमिनेवाला छन् ।

माधव नेपाल र एमाले
डेढ दशकभन्दा बढी एमालेको नेतृत्व गरेका कमान्डर हुन्, माधव नेपाल । श्रेणीगतमा ओली नेपालभन्दा धेरैपछि थिए । सभ्य र जिम्मेवारीपूर्वक नेतृत्व हाँक्न सिपालु नेपालले एमालेलाई बलियो शक्ति बनाउन धेरै पापड पेलेका छन् । नवौँ महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भए पनि समानान्तर हैसियतमा नेपालको पकड पार्टीभित्र बलियो छ ।

२००६ साल वैशाख १० गते नेपालमा पहिलो कम्युनिस्ट पार्टी स्थापना भएको थियो । कम्युनिस्ट पार्टी स्थापनाको केही समयमै राणा शासन अन्त्य भयो ।

महासचिव मदन भण्डारीको निधनपछि माधव नेपालले यो पार्टी सफलपूर्वक हाँकिरहेका थिए । जब, नवौँ महाधिवेशनमा झिनो मतले ओलीसँग अध्यक्ष पदमा पराजित भए तब नेपाललाई ओली समूहले पेल्नुसम्म पेल्दै गयो । अहिले पेलाइको चरम अवस्था छ ।

कम्युनिस्ट पार्टीको स्थापनाको केही वर्षपछि नै टुट फुटको शृङ्खला पनि शुरू भयो । २०४६ सालको जनआन्दोलनको पूर्वसन्ध्यामा वामपन्थी घटकहरूबीच संयुक्त मोर्चा बन्यो ।

पञ्चायत विरुद्धको संघर्षका लागि संयुक्त वाम मोर्चामा नेकपा (माले), नेकपा (मार्क्सवादी), नेपाल मजदुर किसान पार्टी, नेकपा (वर्मा), नेकपा (अमात्य) र नेकपा (मानन्धर) समूहबीच संयुक्त वाममोर्चा बन्यो ।

वाममोर्चामा भएको सहकार्यका कारणले नेकपा (माले) र मार्क्सवादी पार्टी बीच ०४७ साल चैतमा ऐतिहासिक पार्टी एकता सम्पन्न भई नेकपा (एमाले) को गठन भयो ।

महासचिव मदन भण्डारीको निधनपछि माधव नेपालले यो पार्टी सफलपूर्वक हाँकिरहेका थिए । जब, नवौँ महाधिवेशनमा झिनो मतले ओलीसँग अध्यक्ष पदमा पराजित भए तब नेपाललाई ओली समूहले पेल्नुसम्म पेल्दै गयो । अहिले पेलाइको चरम अवस्था छ ।

ओलीलाई राष्ट्रपतिसाथ

प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउँदै गए, राष्ट्रपति विद्यादेवी भण्डारीले लालमोहर लगाउँदै गइन् । राष्ट्रपतिलाई नागरिक तहको आलोचना उनले पटक्कै सुन्ने चाहना भएन । राष्ट्रपति कार्यालय प्रधानमन्त्री कार्यालयअन्तर्गतको अङ्गजस्तो भयो । आखिर प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको असंवैधानिक कदम पनि राष्ट्रपतिबाट अनुमोदन भयो ।

अदालतले एमाले ब्युँताएपछि पार्टीभित्र ओलीको हैकम चुलिँदो छ । उनले आफ्ना विरोधी नेताहरूलाई धमाधम लिखित स्पष्टीकरण मागिरहेका छन् । ओली आफ्ना विरोधीलाई पार्टीमा निस्तेज पार्न वा हटाउन हुकुमीशैली अपनाएका छन् ।

सरकारको मनोमान रोकिएन । महँगीले जनता थलिँदै गए । सरकारी जग्गा यती समूहलाई दिने निर्णय, मेडिकल उपकरण खरिदमा ३ अर्ब रुपैयाँ भ्रष्टाचा, बाइडबडी खरिदमा ६ अर्ब रुपैयाँ भ्रष्टाचार, महँगी बढाउने चलखेल, राज्यको अर्बौं रकमले आफ्नो गुटको भरणपोषण जस्ता कामहरू हुँदै गए ।

ओम्नी समूहलाई स्वास्थ्य सामग्रीको ठेक्का, अनुदानको सामान छोडेर नक्कली स्वास्थ्य सामग्री खरिद, राष्ट्रिय गौरवका आयोजनाबाट अर्बौंको कमिसन, ट्रष्ट र सरकारी जग्गा यती समूहलाई हस्तान्तरण, सेक्युरिटी मेसिन खरिदमा ७० करोडको बार्गेनिङ, सिन्डिकेट जोगाएर अर्बौंको कमिसन र घुस जस्ता प्रकरणले ओली सरकारसँग जोडिए ।

पार्टी फुटाउन दल विभाजनको अध्यादेश, संवैधानिक अङ्गमा गुटको भर्ती, मिडिया नियन्त्रण गर्न मिडिया काउन्सिल विधेयक, आफ्नै पार्टी फुटाउन निरन्तर प्रशिक्षण, प्रतिशोधपूर्ण रूपमा संसद अधिवेशन अन्त्यको घोषणा जस्ता कामले ओली समूह फासिस्ट बन्दै गयो ।

संकटकाल लगाउने प्रयास, मन्त्रालयहरूमा गुटको गिरोह आतंक, बालुवाटारको जग्गा आफ्नो बनाउने नेताको संरक्षण, आफ्नै प्रदेश सरकार गिराउन अविश्वासको प्रस्ताव, बेबारिसेलाई खाना वितरणमा रोक, सफलपूर्वक काम गरेका कुलमान घिसिङप्रति द्वेष, सरकारी अड्डालाई कार्यकर्ता भर्ती केन्द्रमा रूपान्तरण, पार्टीको निर्णय उल्लंघन जस्ता कारणले सहकर्मीहरू नै ओलीको विरोधमा उत्रन बाध्य भए ।

भारतीय खुफिया एजेन्सी ‘रअ’ प्रमुखसँग मर्यादाविपरित गोप्य भेट, पार्टी निर्णय र प्रचलित विधि नमान्ने सार्वजनिक घोषणा, आफ्नै शीर्ष नेताविरुद्ध सडकमा कार्यकर्ता परिचालन, कोरोना नियन्त्रणमा चरम भ्रष्टाचार, शीतल निवास र बालुवाटारको सेवा–सुविधामा वृद्धि, राष्ट्रपतिका लागि हेलिकोप्टर सुविधा, शीतल निवास ओली गुटको हेडक्वार्टरमा रूपान्तरण, संघीयताको अपमान, संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेख्ने निर्णयको खारेजी र समाजवाद छोडेर दलाल नोकरशाही पुँजीवादको अभ्यास गरेको आरोप ओलीमाथि छ ।

सक्षम मन्त्रीहरूको बर्खास्ती, डा. गोविन्द केसीका मागको उपहास, आफ्नो पक्षमा नलाग्ने मिडियामाथि साइबर कार्यकर्ताका नाममा आक्रमण, संसद विघटन जस्ता ओलीकै पालमा भए ।

ओलीसँग नेपाल पक्षको दीर्घकालीन सम्बन्ध हुने छैन । नेपाल र प्रचण्ड अब एउटै कम्युनिस्ट पार्टीमा बस्नु अनिवार्य छ । हिजो एकीकृत भएका एमाले र माओवादी केन्द्र एकठाउँमा उभिन नेपालको मुख्य हात छ । ओलीको अहंकार विरुद्ध लड्दै मूलधारको कम्युनिस्ट पार्टी बनाउन जोड दिनैपर्छ ।

प्रधामनमन्त्री ओलीका असंवैधानिक कदममा शीलत निवास क्षाकवच भयो । फलस्वरूप, राष्ट्रपति भण्डारीको पनि आलोचना शुरू भयो । सत्तारुढ दल भित्रबाटै राष्ट्रपतिको विरोधमा स्वरहरू सुनिए ।

अदालतले एमाले ब्युँताएपछि पार्टीभित्र ओलीको हैकम चुलिँदो छ । उनले आफ्ना विरोधी नेताहरूलाई धमाधम लिखित स्पष्टीकरण मागिरहेका छन् । ओली आफ्ना विरोधीलाई पार्टीमा निस्तेज पार्न वा हटाउन हुकुमीशैली अपनाएका छन् ।

साविकको नेकपामा एकजुट बनेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र माधव नेपाल समूह फेरि एक ढिक्का नभई कम्युनिस्ट राजनीतिले गति लिनसक्ने संकेत देखिँदैन । अहिले ओलीमा विद्यमान शक्तिका कारण केही नेता उनका पछि छन् । ओली सत्ताबाट बाहिरनासाथ तिनीहरू स्वतः अलग हुनेछन् ।

अब नेपाल पक्षले ओलीसँग अधिकार माग्ने होइन, मूलधारको कम्युनिस्ट पार्टी बनाउन प्रचण्डलाई सँगै हिँडाउन सक्नुपर्छ ।

ओलीसँग नेपाल पक्षको दीर्घकालीन सम्बन्ध हुने छैन । नेपाल र प्रचण्ड अब एउटै कम्युनिस्ट पार्टीमा बस्नु अनिवार्य छ । हिजो एकीकृत भएका एमाले र माओवादी केन्द्र एकठाउँमा उभिन नेपालको मुख्य हात छ । ओलीको अहंकार विरुद्ध लड्दै मूलधारको कम्युनिस्ट पार्टी बनाउन जोड दिनैपर्छ ।

नत्र, असरल्ल परेको वर्तमान कम्युनिस्ट राजनीति ओलीको तिकडमबाजीले चकनाचुर हुनेछ र नेपाल पक्षको कमजोरीले समाप्तीको बाटोमा सोझिनेछ ।


भर्खर

0