नेकपा ओली पक्षलाई प्रतिनिधिसभा पुनर्स्थापनाले अस्थिरता हुने चिन्ता | Khabarhub Khabarhub

नेकपा ओली पक्षलाई प्रतिनिधिसभा पुनर्स्थापनाले अस्थिरता हुने चिन्ता


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— सत्तारुढ नेकपा ओली समूहले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले पुनर्स्थापनापछिको सम्भावित राजनीतिक परिस्थितिबारे चिन्ता पनि प्रकट गरेको छ । पुनर्स्थापनाको आदेशपछि मुलुक राजनीतिक अस्थिरतातिर जाने बैठकको अनुमान छ ।

अदालतको फैसलापछिको राजनीतिक परिस्थितिबारे छलफल गरेर निर्णयमा पुग्न चाँडै पार्टी केन्द्रीय कमिटी बैठक र संसदीय दलको बैठक बोलाउने निर्णय पनि भएको छ । अर्को पक्षले संसदीय दलको बैठक बोलाएको बारे ज्ञवालीले अनभिज्ञता प्रकट गरे । उनले संसदीय दलको बैठक दलको नेता वा उपनेताले बोलाउने व्यवस्था रहेको बताए ।

बैठकबारे जानकारी दिँदै पार्टी प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संविधानको व्याख्याता सर्वोच्च अदालत भएकोले अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय भएको बताए । उनले फैसलाले वाञ्छित परिणाम दिन्छ कि दिँदैन भन्ने कुरा महत्वपूर्ण भएको पनि बताए ।

उनले फैसलाबारे केही गम्भीर प्रश्न र जिज्ञासाहरू रहेको भन्दै यस विषयमा छलफल गर्दै जाने बताए । प्रतिनिधिसभा पुनस्र्थापनापछि मुलुक बलियो राजनीतिक स्थायित्वतिर जान्छ कि अस्थिरतातिर, स्थिर सरकार हुन्छ कि हुँदैन भन्ने कुरा महत्त्वपूर्ण हुने पनि ज्ञवालीले बताए । उनले संसदमा विगतका विकृतिहरू दोहोरिन सक्ने चिन्ता प्रकट गरे ।

ज्ञवालीका अनुसार पुनर्स्थापनापछिको राजनीतिक स्थितिबारे राजनीतिक दलहरूसँग छलफल गरेरमात्रै राजीनामा दिने नदिने उपयुक्त निर्णय प्रधानमन्त्रीले गर्नेछन् ।

उनले २०६७ सालमा प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा गरेपछि १७ पटकमा पनि नयाँ प्रधानमन्त्री चयन हुन नसकेको दृष्टान्त दिँदै मुलुकलाई अन्योलमा छाड्न नमिल्ने बताए । ज्ञवालीले आफूहरूका लागि पद अस्थायी कुरा हो भन्दै जनपेक्षा पूरा हुने आधार र राजनीतिक स्थायित्वमा जोड दिए ।

सरकारले संसद अधिवेशन भने सर्वोच्च अदालतको आदेश अनुसारै आह्वान गर्ने भएको छ ।

ज्ञवालीले आफूहरू अझै पन पार्टी एकताको पक्षमा रहेको पनि बताए । एकताको सन्देश दिनकै लागि आफ्नो पक्षले पार्टीमा कसैलाई कारबाही नगरेको उनको भनाइ थियो ।

 

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ३ : ५४ बजे

युएईविरुद्ध नेपालको खराब सुरुवात, दुवै ओपनर आउट

काठमाडौं–  नेपालले युएईविरुद्धको खेलमा खराब सुरुवात गरेको छ । एसीसी

युएईविरुद्ध नेपालको खराब सुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले युएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं– आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन्

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३