अदालतले तोकेको समयभित्रै संसद् आह्वान गर्ने ओली समूहको निर्णय | Khabarhub Khabarhub

अदालतले तोकेको समयभित्रै संसद् आह्वान गर्ने ओली समूहको निर्णय


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले संसद पुन:स्थापना गर्ने अदालतको फैसला स्वीकार गर्ने निर्णय गरेको छ ।

बैठकले अदालतको फैसला स्वीकार्दै अदालतले तोकेको समयभित्रै संसद्को बैठक बोलाउने निर्णय गरेको नेकपा (ओली समूहका) का प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

‘​नेकपा शक्तिपृथकीकरण, लोकतन्त्रका आधारभूत मूल्य मान्यता र विधिको शासनमा विश्वास गर्ने पार्टी हो । हिजो संवैधानिक इजलासबाट गरिएको फैसलालाई हामीले कार्यान्वयन गर्ने निर्णय गरेका छौं,’ उनले भने ।

सर्वोच्च अदालतले मंगलबार संसद् विघटनको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो । अदालतको फैसलापछि ओली समूहको नेकपा पहिलो औपचारिक बैठक आज बसेको हो ।

प्रवक्ता ज्ञवालीले छिट्टै नै केन्द्रीय कमिटी बैठक र दलको बैठक बोलाइने पनि बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ३ : २६ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०