कसैले भन्दैमा प्रधानमन्त्री ओलीले राजीनामा दिनुहुन्न : मन्त्री श्रेष्ठ | Khabarhub Khabarhub

कसैले भन्दैमा प्रधानमन्त्री ओलीले राजीनामा दिनुहुन्न : मन्त्री श्रेष्ठ


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले राजीनामा दे भन्दैमा प्रधानमन्त्रीले राजिनामा नदिने बताएका छन् ।

सीटीईभीटीको ३३ औँ वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यो अवस्थामा प्रम ओलीले कुनै पनि हालतमा राजीनामा नदिने बताएका हुन् । उनले भने, ‘राजीनामा दिने हामी कायर हो, कुनैपनि हालतमा राजिनामा आउँदैन।’

संसद सुचारु भएपछि प्रक्रियामा जाने र सोही आधारमा प्रधानमन्त्री ओलीले अविस्वासको प्रस्ताव फेस गर्ने उनको भनाइ छ ।

‘अदालतले गरेको निर्णयलाई हामी सम्मान गर्छौ,’ उनले भने, ‘तर यो निर्णयले झन् विवाद बढाएको छ । जनताले नै अहिलेको संकटकालीन अवस्थाको मुल्याङकन गर्नेछन् ।’

संसद पुनस्थापना भए लगत्तै केही नेताले केहीलाई प्रधानमन्त्रीको सपना बाडेको उल्लेख गर्दै सपना बाँड्दैमा कोही पनि प्रधानमन्त्री हुन नसक्ने मन्त्री श्रेष्ठको भनाइ छ ।

अबको प्रधानमन्त्री पनि केपी ओलीनै रहेको बताउँदै उनले अब ओलीले नै निर्वाचन गराउने बताए ।

‘हामीले १३ गते फैसला आउने अपेक्षा गरेका थियौ, प्रधानमन्त्रीले जन्मदिन मनाइरहेको बेला एकाएक फैसला सुनाउनु गलत भएको छ,’ उनले भने, ‘अब सबै खेल मैदानबाट छिनोफानो हुनेछ ।’

सीटीईभीटीले गरेका कामको प्रशंसा गर्दै मन्त्री श्रेष्ठले आगामी दिनमा योजनाबद्ध ढंगले अधि बढ्न पनि निर्देशन दिएका छन् ।

सो संस्थाको अध्यक्ष समेत रहेका मन्त्री श्रेष्ठले प्राविधिक शिक्षालाई पहिलो प्राथमिकातामा राखेर अघि बढ्ने बताए ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  २ : ०३ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि नेपाल

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा

काठमाडौं । नयाँ नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा