कांग्रेसको सहयोगमा ओलीकै नेतृत्वमा सरकार बन्छ : महेश बस्नेत | Khabarhub Khabarhub

कांग्रेसको सहयोगमा ओलीकै नेतृत्वमा सरकार बन्छ : महेश बस्नेत


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टीका नेता महेश बस्नेतले अबको सरकार पनि केपी ओलीकै नेतृत्वमा बन्ने दाबी गरेका छन्।

राष्ट्रिय युवा संघको बुधबारको बैठकलाई बुधबार सम्बोधन गर्दै बस्नेतले यो मुलुकको राजनीति वर्तमान प्रधानमन्त्री ओलीकै वरिपरि घुम्ने दाबी गरेका हुन्।

उनले भने, ‘केपी ओलीले राजीनामा दिनुभएको छैन यो मुलुकको नेतृत्व फेरि पनि तपाईहरुको असक्षमताका कारणले यो मुलुकको राजनीति फेरि पनि ओलीको वरिपरी घुम्नेछ ।’

अबको राजनीतिक विकल्प भनेको कांग्रेससँगको मिलेमतोमा सरकार ओलीकै नेतृत्वमा सरकार बन्ने उनको दाबी थियो।

‘काँग्रेसभित्रका लोकतन्त्रवादी इमान्दार साथीहरुले फेरि केपी ओलीको नेता मानेर यो मुलुकको संकटलाई निकास दिने सम्भावना छ,’ बस्नेतले भने।

नयाँ वैकल्पिक सरकार बन्ने सम्भावना सकियो भने फेरि देश चुनावतिरै जाने उनको भनाइ थियो।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  १२ : ३८ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका