भारतमा २४ घण्टामा १३ हजार ४६३ जनामा संक्रमण, १०० जनाको मृत्यु « Khabarhub
Logo
१७ फाल्गुन २०७७, सोमबार

भारतमा २४ घण्टामा १३ हजार ४६३ जनामा संक्रमण, १०० जनाको मृत्यु



काठमाडौँ-  भारतमा १ करोड १० लाखभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १३ हजार ४६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड १० लाख २९ हजार ३२६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १०० जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५६ हजार ५९८ पुगेको हो ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ७ लाख २४ हजार १४४ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ४८ हजार ५८४ छ ।


भर्खर

0