बङ्गलादेशले अप्रिल ७ देखि कोभिड–१९ विरूद्धको खोपको दोस्रो मात्रा दिने | Khabarhub Khabarhub

बङ्गलादेशले अप्रिल ७ देखि कोभिड–१९ विरूद्धको खोपको दोस्रो मात्रा दिने


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी (ढाका)- बङ्गलादेश सरकारले अप्रिल ७ देखि आम नागरिकका लागि देशभर कोभिड–१९ विरूद्धको दोस्रो खोपको मात्रा दिने निर्णय गरेको छ ।

बङ्गलादेशका स्वास्थ्य मन्त्री जाहिद मालेकले प्रेस सम्मेलनमा भने, ‘बङ्गलादेशले फेब्रुअरी ७ मा राष्ट्रव्यापी कोभिड–१९ विरूद्धको खोपको दोस्रो अभियान सुरू गर्छ ।’

बङ्गलादेशमा करीब ३० लाख नागरिकलाई कोभिड–१९ विरूद्धको पहिलो खोपको मात्रा दिइएको छ ।

बङ्गलादेश सरकारले विभिन्न उच्च जोखिम समूहका एक करोड ६० लाख ९० हजार नागरिकलाई प्राथमिकताका आधारमा खोप दिने योजना बनाइरहेको उनले बताए ।

बङ्गलादेशमा गत वर्षको मार्चदेखि देशका करिब सबै जिल्लाहरूमा कोभिड–१९ को सङ्क्रमण फैलिएको सरकारी तथ्याङ्क रहेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ६ : ४५ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका