प्रधानमन्त्री ओलीलाई सार्वजनिक रूपमा माफी माग्न नेपाल बारको माग | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीलाई सार्वजनिक रूपमा माफी माग्न नेपाल बारको माग


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बार एसोसिएसनले प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका अभिव्यक्तिलाई लिएर खेद व्यक्त गर्दै सार्वजनिक रूपमा माफी माग्न माग गरेको छ ।

नेपाल बारले आइतबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले कानुन व्यवसायीहरू र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गरेर दिएको अभिव्यक्तिले अपमान भएको भन्दै माफी माग्न माग गरेको हो ।

प्रधानमन्त्री ओलीले माघ ९ गते आफू निकट कर्मचारीहरूको भेलामा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहस गर्ने कानुन व्यवसायीहरूप्रति लक्षित गरेर अभिव्यक्ति दिएका थिए । ।

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाबारे भइरहेकव सुनुवाइलाई लक्षित गरेर ओलीले भनेका थिए, ‘वकिलले कुरा फिटेका फिट्यै छन् । केही वकिलहरूले एक जना बाजे वकिललाई लिएर गएछन्, त्यहाँ तमासा हेर्न ।’

प्रधानमन्त्री ओलीको उक्त भनाइलाई नेपाल बारले अपमानजनक भनेको छ ।

यस्तो छ विज्ञप्ति 

 

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ८ : ०० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका